ज्ञानेन्द्र समर्थकको उद्दण्ड आन्दोलन : यस्तो छ तोडफोड, लुटपाट र आगजनीको विवरण
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह समर्थकले शुक्रबार तीनकुने क्षेत्रमा गरेको आन्दोलन हिंसात्मक बन्दा ७५ जना सुरक्षाकर्मी घाइते भएका छन् ।
नेपाल प्रहरीतर्फ ५३ र सशस्त्र प्रहरीतर्फ २२ जना गरी कुल ७५ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
यस्तै एक पत्रकारसहित २ जनाको मृत्यु भएको छ । शान्तिपूर्ण आन्दोलनका लागि भनेर नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईको अगुवाइमा प्रदर्शनका लागि प्रशासनबाट अनुमति लिइएको थियो ।
तर, प्रदर्शनकारीले उद्दण्ड गतिविधि गर्दै निजी सम्पत्ति, अस्पताल, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायतमा तोडफोड र आगजनीलगायतका गतिविधि गरेको प्रहरीको भनाइ छ ।
प्रहरीले यस खालको गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याइ कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाउँदै हालसम्म ५१ जना पक्राउ गरेको जनाएको छ । पक्राउ परेकाहरुमा राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा समेत छन् ।
प्रदर्शनकारीले सरकारी ९ वटासहित कुल १५ वटा सवारीसाधनमा तोडफोड गरेका छन् भने तीनकुने अन्नपूर्ण कम्प्लेक्स, मार्बल हाउसलगायतमा तोडफोड गरेका छन् ।
यसैगरी प्रहरी प्रभाव कोटेश्वर, ट्राफिक प्रहरी प्रभाव कोटेश्वर, एकीकृत समाजवादीको पार्टी कार्यालयसमेतमा तोडफोड कोटेश्वरस्थित भाटभटेनीमा लुटपाट समेत भएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी अपिलराज बोहराले जानकारी दिए । ज्ञानेन्द्रका समर्थकले राजसंस्था पुनर्स्थापनाको मागसहित प्रदर्शन गरेपनि हिंसात्मक बन्न पुगेको हो ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण