स्पेनिस ला लिगामा एटलेटिकोलाई झट्का
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एटलेटिको मड्रिडलाई झट्का लागेको छ । इस्पानियोलको घरेलु मैदानमा एटलेटिको १-१ को बराबरीमा रोकिन पुग्यो । एटलेटिकोका लागि ३५ वर्षीय सिजर एजपिलिकुएटाले गोल गरे । उनले २५ गजको दुरीबाट शीर्ष कुनामा शानदार भली गरे । तर, घरेलु टोलीले त्यसको जवाफ फर्कायो ।
यो बराबरीले एटलेटिकोलाई निकै घाटा लागेको छ । उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका दुई हस्ती बार्सिलोना र रियाल मड्रिडलाई पछ्याइरहेको एटलेटिको केही बेरका लागि मात्रै भए पनि दोस्रो स्थानमा उक्लिने थियो । इस्पानियोलले उसको त्यो योजनामा अल्पविराम लगाइदिएको छ ।
अन्य खेलमा रायो भायकानोले डेपोर्टिभो अलाभेसलाई २-० ले हराउँदा रियाल सोसिडाडले रियाल भालाडोलिडलाई २–१ गोल अन्तरले हरायो । डेपोर्टिभो र रियाल भालाडोलिड रेलिगेशन जोनमा छन् । रायो भायकानो सातौं र रियाल सोसिडाड दशौं स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण