राजेन्द्रलाई समर्थन गर्दै कमल थापाले भने– राजावादी यहाँ छ, सके जेल हाल
आइतबार, १७ चैत २०८१, १८ : ०८

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको अभिव्यक्तिको समर्थन गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा गणतन्त्रवादी दलका सांसदले राजावादीलाई थुन्नुपर्ने मत राखेपछि लिङ्देनले ‘राजावादी यहाँ छ, सके जेल हाल’ भन्ने अभिव्यक्ति दिएका थिए ।
सो अभिव्यक्तिलाई समर्थन गर्दै थापाले फेसबुकमा भनेका छन्, ‘स्याबास ! राप्रपा अध्यक्ष भाइ राजेन्द्र लिङ्देन । हामी पनि भन्छौँ, राजावादी यहाँ छ, सके जेल हाल !’
कमल थापा राप्रपाको अघिल्लो निर्वाचनमा लिङ्देनसँग पराजित भएका थिए । पराजित भएसँगै उनले पार्टी नै छाडेर राप्रपा नेपाल बनाएका थिए । तर, दुवै दलले राजतन्त्रको एजेण्डा बोकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लन्डनमा प्रदर्शन हुँदै ‘रंगी’
-
कोहलीको रेकर्ड अझै ‘विराट’
-
‘ऊनको स्वीटर’ मेरो टप फाइभ फिल्ममा पर्छ – विपिन कार्की
-
पारिवारिक कारणले होइन, प्रतिबन्धित औषधि सेवनका कारण आइपीएल छाडेर स्वदेश फर्किएका थिए कागिसो राबडा
-
एकीकृत समाजवादीले बोलायो संसदीय दलको बैठक
-
पाकिस्तानले किन डाक्यो राष्ट्रिय सभाको विशेष सत्र ?