राजेन्द्रलाई समर्थन गर्दै कमल थापाले भने– राजावादी यहाँ छ, सके जेल हाल
आइतबार, १७ चैत २०८१, १८ : ०८
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको अभिव्यक्तिको समर्थन गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा गणतन्त्रवादी दलका सांसदले राजावादीलाई थुन्नुपर्ने मत राखेपछि लिङ्देनले ‘राजावादी यहाँ छ, सके जेल हाल’ भन्ने अभिव्यक्ति दिएका थिए ।
सो अभिव्यक्तिलाई समर्थन गर्दै थापाले फेसबुकमा भनेका छन्, ‘स्याबास ! राप्रपा अध्यक्ष भाइ राजेन्द्र लिङ्देन । हामी पनि भन्छौँ, राजावादी यहाँ छ, सके जेल हाल !’
कमल थापा राप्रपाको अघिल्लो निर्वाचनमा लिङ्देनसँग पराजित भएका थिए । पराजित भएसँगै उनले पार्टी नै छाडेर राप्रपा नेपाल बनाएका थिए । तर, दुवै दलले राजतन्त्रको एजेण्डा बोकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण