ला लिगामा बार्सिलोनाको शानदार जित, रियालसँग फेरि बढायो अंक दुरी
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित हासिल गरेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले गिरोनाविरुद्ध ४-१ को जित निकाल्यो ।
गिरोनाका लादिस्लाभ क्रेज्कीको आत्मघाती गोलबाट सुरुवाती अग्रता लिएको बार्सिलोनाका लागि रोवर्ट लेवान्डोस्कीले दुई गोल गर्दा फेरान टोरेसले एक गोल गरे । पहिलो हाफमा आत्मघाती गोल गरेर बार्सिलोनालाई अग्रता दिलाएको गिरोनाले दोस्रो हाफलगत्तै बार्सिलोनाको पोष्टमा गोल गर्यो । उसका लागि अर्नौैट डानजुमाले गोल गरेका हुन् ।
तर, पाहुना टोलीले त्यो अग्रता जोगाउन सकेन । यो जितपछि बार्सिलोनाको २९ खेलबाट ६६ अंक भएको छ भने दोस्रो स्थानको रियाल मड्रिडसँग तीन अंकको दुरी कायम गरेको छ । समान खेलबाट रियालको ६३ अंक छ । एटलेटिको मड्रिड भने ५७ अंकका साथ तेस्रो स्थानमा छ ।
ला लिगा अन्तर्गत भियारियालले गेटाफेलाई २-१ ले हराउँदा भ्यालेन्सियाले मलोर्कालाई १-० ले पाखा लगायो । एथ्लेटिक क्लब र ओसासुनाले भने गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण