ट्रम्पलाई ग्रिनल्याण्डका प्रधानमन्त्रीको जवाफ : हामी कसैको अधीनमा छैनौँ
काठमाडौँ । ग्रिनल्याण्डका प्रधानमन्त्री जेन्स फ्रेडिक निल्सनले आइतबार ग्रिनल्याण्ड कब्जा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी अस्वीकार गरेका छन्। ग्रिनल्याण्ड एट्लान्टिक महासागरमा अवस्थित एक विशाल र स्रोतसाधनले भरिपूर्ण टापु हो।
यो डेनमार्कको एक स्वशासित क्षेत्र हो। डेनमार्क अमेरिकाको नेटो सहयोगी पनि हो। ट्रम्पले राष्ट्रिय सुरक्षाका लागि यो क्षेत्रलाई अमेरिकी नियन्त्रणमा ल्याउनु आवश्यक भएको बताएका थिए।
राष्ट्रपति ट्रम्पले अमेरिकाले ग्रिनल्याण्ड पाई छाड्ने बारम्बार बताएका थिए । निल्सनले फेसबुकमा लेखेका छन्, ‘म यो स्पष्ट पार्न चाहन्छु कि अमेरिकाले यो पाउने छैन। हामी कसैको अधीनमा छैनौँ। हामी आफ्नो भविष्य आफैँ तय गर्नेछौँ।’
उनको भनाइ एनबीसी न्युजमा ट्रम्पको अन्तर्वार्ता पछि आएको हो, जसमा उनले ग्रिनल्याण्ड प्राप्त गर्न सैन्य बल प्रयोग गर्न सम्भव भएको बताएका थिए। ‘मलाई लाग्छ सैन्य बल बिना यो हासिल गर्ने सम्भावना निकै धेरै छ । यो विश्व शान्ति र अन्तर्राष्ट्रिय सुरक्षाको कुरा हो, तर म कुनै पनि विकल्पलाई अस्वीकार गर्दिन’ ट्रम्पले भनेका थिए ।
ट्रम्पको टिप्पणीबाट ग्रिनल्याण्डका जनता र नेताहरू रिसाएका छन्। साथै डेनिस नेताहरूले पनि यो दाबीको विरोध गरेका छन् । युक्रेनमा आक्रमण गरेर यसका धेरै प्रान्तहरू कब्जा गरेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यसले के सन्देश दिन्छ भनेर ट्रम्पलाई सोध्दा उनले ‘मलाई वास्ता छैन।’ भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण