ला लिगामा सेल्टा भिगो र लस पल्मसले अंक बाँडे
मङ्गलबार, १९ चैत २०८१, ०४ : ४२
काठमाडौं । स्पेनिस ला लिगामा सेल्टा भिगो र लस पल्मसले बराबरी खेल्दै अंक बाँडेका छन् । सोमबार राती उनीहरुले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।
सेल्टा भिगोका लागि पहिलो हाफअघि अल्फान्सो गोन्जालेजले गोल गरे भने लस पल्मसकातर्फबाट दोस्रो हाफ सुरु भएलगत्तै अल्बर्टो मोलेरोले गोल फर्काए ।
यो खेलपछि सेल्टा ४० अंक बटुल्दै तालिकाको आठौं स्थानमा उक्लिएको छ भने लस पल्मस रेलिगेशन जोनमा छ । शीर्ष स्थानको बार्सिलोनाको २९ खेलबाट ६६ अंक भएको छ भने समान खेलमा ६३ अंक जोडेको रियाल मड्रिड दोस्रो स्थानमा छ । यस्तै, ५७ अंक बटुलेको एटलेटिको मड्रिड तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण