क्वालालम्पुर नजिक ग्यासको पाइप पड्किँदा भीषण आगो लाग्यो
क्वालालम्पुर । मलेसियामा मंगलबार एउटा भयानक दुर्घटना भएको छ । क्वालालम्पुर बाहिर एक उपनगरमा भीषण आगलागी भएको हो । आगलागीको कारण ग्यास पाइपलाइन विस्फोट बताइएको छ । यसपछि मानिसहरू आत्तिएर यताउता भाग्न थाले । आगोका कारण वरपरका क्षेत्रका घरहरू खाली गर्नुपर्यो ।
मध्य सेलाङ्गोर राज्यको पुत्रा हाइट्समा रहेको ग्यास स्टेसन नजिकै लागेको आगो धेरै किलोमिटरसम्म देखिएको थियो । यस घटनामा ३३ जना घाइते भएको अधिकारीहरूले भनेका छन् । घाइतेमध्ये ६ जनालाई अस्पताल लगिएको छ । घरमा फसेका केही मानिसहरूको उद्धारकार्य जारी छ ।
सेलाङ्गोरबाट दर्जनौं अग्निनियन्त्रकहरूलाई घटनास्थलमा पठाइएको छ । विभागका निर्देशक वान मोहम्मद रजाली वान इस्माइललाई उद्धृत गर्दै समाचार एजेन्सीले रिपोर्ट गरेको छ कि घटनास्थलमा रहेका अग्निनियन्त्रकहरूले पाइपलाइन फुटेका कारण आगलागी भएको बताएका छन् ।
आगो र धुवाँको तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । बिहान ८ः१० बजे यसको एउटा ग्यास पाइपलाइनमा विस्फोट भएपछि आगलागी भएको राष्ट्रिय तेल कम्पनी पेट्रोनासले एक विज्ञप्तिमा भनेको छ ।
प्रभावित पाइपलाइनलाई अलग गरिएको छ । आगलागी स्थल नजिकै रहेका तीनवटा ग्यास स्टेसनहरू प्रभावित भएका छैनन् । तर सावधानीका रूपमा अस्थायी रूपमा बन्द गरिएको छ । घटनाबारे छानबिन चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण