शुक्रबार तीनकुनेमा प्रहरीले कति राउन्ड चलाएको थियो गोली ?
काठमाडौं । तीनकुनेमा चैत १५ गते दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शन उग्र बन्दा दुई जनाले ज्यान गुमाए । १७ जना प्रदर्शनकारी घाइते भए ।
उक्त क्रममा कीर्तिपुर बस्दै आएका सविन महर्जनको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको पुष्टि भएको छ ।
प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले प्रदर्शन आयोजना गरेको थियो । जहाँ धेरैलाई गोली लागेको आशंका गरिएको छ । तर, कति गोली चल्यो भन्नेबारे प्रहरीसँग अझै यकिन तथ्यांक छैन । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहरा भन्छन्, ‘खर्च भएको गोलीको विवरण संकलन गर्दैछौं ।’
जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतका अनुसार तीनकुनेमा ६० राउन्ड गोली चलेको छ । तीमध्ये दुई राउन्ड पेस्तोलबाट र ५८ राउन्ड राइफलबाट फायर भएको थियो । भिड नियन्त्रणमा लिन प्रहरीले ७ सय ४६ थान अश्रुग्यास फायर गरेको भेटिएको छ ।
सुरक्षाकर्मीले ब्ल्यांक राउन्ड १९२ थान प्रहार गरेका छन् । यो प्रहार गर्दा आवाज मात्रै आउँछ । तीनकुनेमा भिड नियन्त्रणमा लिँदा २७ वटा लाठी भाँचिएका पनि प्रहरीको तथ्यांकमा छ ।
यसैगरी प्रहरीले प्रयोग गर्ने ३३ वटा सिल्ड आन्दोलनकारीले फुटाइदिएका छन् । सटगनबाट प्रहार गरिने २ सय ३९ राउन्ड कार्टिज खर्च भएको प्रहरीले जनाएको छ । कार्टिजबाट छर्रा प्रहार गरेर भिड नियन्त्रण गरिन्छ । प्रहरी कर्मचारीले लगाएका १२ वटा हेलमेटमा क्षति पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंका अधिकृतहरू बताउँछन् ।
प्रदर्शनमा घाइते भएका ५५ जना प्रहरी कर्मचारी अस्पतालबाट डिस्चार्ज भएका छन् भने सशस्त्रतर्फ घाइते भएका २१ जना डिस्चार्ज भएका छन् । एक जना सशस्त्र प्रहरी हवल्दारको उपचार भइरहेको छ । प्रदर्शनमा घाइते भएका ५२ प्रदर्शनकारीमध्ये ३५ जना डिस्चार्ज भएका जिल्ला प्रहरी परिसर काठमाडौँ एक अधिकृतले रातोपाटीलाई जानकारी दिए । यीमध्ये १७ जनाको उपचार हुँदै छ ।
प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा अहिलेसम्म ६२ जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण