यमनमाथि अमेरिकाले गर्यो तीव्र आक्रमण, ४ जनाको मृत्यु भएको दाबी
सना । अमेरिकाले बुधबार विद्रोही नियन्त्रित यमनको क्षेत्रहरूमा शृङ्खलाबद्ध हवाई आक्रमण गरेको छ । लाल सागर बन्दरगाह सहर होडेइडा नजिकै भएको आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको दाबी हुथी विद्रोहीहरूले गरेका छन् ।
मिडिया रिपोर्टका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा हुथी विद्रोहीहरूको अड्डाहरूमा निरन्तर हवाई हमला भइरहेको छ । इजरायल–हमास युद्ध सुरु भएयता हमास पनि यो युद्धमा मुछिएको छ । जसले गर्दा अमेरिकाले हुथीहरूलाई निशाना बनाइरहेको छ । हालैका दिनहरूमा कम्तीमा ६५ जना मारिएको दाबी हुथी विद्रोहीहरूले गरेका छन् ।
इरानमाथि दबाब सिर्जना गर्ने प्रयास
रिपोर्टहरूका अनुसार ट्रम्प प्रशासनले इरानको विस्तारित आणविक कार्यक्रमलाई लिएर दबाब बढाउन खोजिरहेका बेला अमेरिकी अभियान सुस्त हुने कुनै संकेत देखिएको छैन । त्यसैले, इरान समर्थित हुथीहरूमाथि निरन्तर हवाई आक्रमणहरू भइरहेका छन् । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले हालसम्म २०० भन्दा बढी हवाई हमला गरिएको बताइन् ।
आक्रमणका कारण इरान कमजोर भएको पनि उनले बताइन् । नौसेना जहाज र व्यावसायिक जहाजहरूमाथि आक्रमण गर्ने हुथी सदस्यहरूलाई मारेको लेविटले भनेकी छिन् । लाल सागर क्षेत्रमा जलयात्राको स्वतन्त्रता पुनर्स्थापित नभएसम्म यी आक्रमणहरू नरोकिने लेविटले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण