फिलिपिन्सलाई २० थान एफ–१६ फाइटर जेट बेच्दैछ अमेरिका
वासिङ्टन डिसी । अमेरिकाले फिलिपिन्सलाई २० थान एफ–१६ फाइटर जेट बेच्ने भएको छ । विमान बिक्रीलाई अमेरिकाले मन्जुरी दिएको छ । अमेरिकी रक्षा मन्त्री पिट हेग्सेथले चीनको आक्रामकताको जवाफ दिने कसम खाएको केही दिनमै यो खबर बाहिर आएको हो ।
अमेरिकाको रक्षा सुरक्षा सहकार्य एजेन्सी (डीएससीए)ले एफ १६ को प्रस्तावित बिक्रीको घोषणा गरेको छ । फिलिपिन्सले फाइटर जेट खरिदमा ५ अर्ब ५८ करोड डलर जति खर्च गर्ने अनुमान गरिएको एउटा विज्ञप्तिमा डीएससीएले लेखेको छ ।
प्रस्तावित बिक्रीले रणनीतिक साझेदारको सुरक्षा सुदृढ बनाउन मद्दत गरेर अमेरिकाको विदेश नीति र राष्ट्रिय सुरक्षालाई टेवा दिने विज्ञप्तिमा भनिएको छ । रक्षा मन्त्रीको रूपमा आफ्नो पहिलो एसिया भ्रमणका क्रममा हेग्सेथ केही दिनअघि मात्रै फिलिपिन्सको भ्रमणमा आएका थिए । बुधवार चीनले मनिलालाई यो सम्झौताबारे चेतावनी दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण