‘ओल्मोलाई दर्ता गर्न बार्सिलोनासँग पैसा नै छैन’
मड्रिड । ला लिगाले बार्सिलोनासँग फरवार्ड ड्यानी ओल्मो र पाउ भिक्टर दर्ता गर्ने आर्थिक क्षमता नभएको बताएको छ । यसअघि ओल्मो र भिक्टरलाई दर्ता गर्न ला लिगाले क्याटालान क्लबलाई अस्थायी लाइसेन्स प्रदान गरेको थियो।
तर जनवरीमा ला लिगाले उनीहरूको दर्ता रद्द गरेको थियो । बार्सिलोनाले डिसेम्बर ३१ को आफ्नो समयसीमासम्म लिगको वित्तीय नियमहरूको पालना गरेको प्रमाणित गर्न असफल भएको बताइएको थियो।
स्पेनको खेलकुद परिषद् (सीएसडी) ले बार्सिलोनालाई अपिलपछि अस्थायी रूपमा ओल्मो र भिक्टरलाई पुनर्स्थापित गर्न अनुमति दिएको छ, जसमा अप्रिल ७ सम्ममा जोडीको दर्ताको बारेमा निश्चित निर्णय हुने अपेक्षा गरिएको छ।
ला लिगाको शीर्ष स्थानमा रहेको र च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको बार्सिलोनाले १०० मिलियन युरो जुटाउन जनवरी ३ मा क्लबको रंगशाला क्याम्प नाउका भीआईपी बक्सहरू बेच्ने सम्झौताको घोषणा गरेको छ।
तर ला लिगाले २०२४२५ सिजनको लागि बार्सिलोनाले गत हप्ता लिगमा पेस गरेको खातामा सम्झौता रेकर्ड नगरिएको र यो सम्झौतालाई फरक, अज्ञात लेखा परीक्षकले अनुमोदन गरेको बताएको छ। ‘भीआईपी बक्स सम्झौताबाट कुनै पनि रकम अन्ततः नाफा र नोक्सान खातामा रेकर्ड गरिएको छैन, जुन उक्त लेनदेनको समयमा क्लब र लेखा परीक्षकले प्रमाणित गरेको भन्दा फरक छ,ְ’ ला लिगाले एक विज्ञप्तिमा भन्यो।
‘बार्सिलोनासँग डिसेम्बर ३१, २०२४ वा जनवरी ३, २०२५ मा खेलाडी ड्यानी ओल्मो र पाउ भिक्टरको दर्ताको लागि वित्तीय फेयर प्ले क्षमता थिएन, न त त्यस मितिदेखि थियो, न त हाल छ,’ ला लिगाले भन्यो। जवाफमा, बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले पत्रकारहरूलाई लिगको पत्र ‘क्लबको छवि बिगार्ने र हित विरुद्ध जाने प्रयास’ भएको बताए।
उनले क्लबको कानुनी टोलीले ‘आवश्यकता अनुसार बलियो’ पत्रबाट जवाफ दिने बताए । साथै उनले ला लिगाको घोषणाको समयमाथि प्रश्न उठाए । बार्साले बुधबार कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा एटलेटिको म्याड्रिडको सामना गर्दैछ ।
२६ वर्षीय ओल्मो ५२ मिलियन पाउण्डमा आरबी लाइपजिगबाट बार्सिलोनामा सामेल भएका थिए। उनले यस सिजनमा २८ खेल खेलिसकेका छन्, जसमा सीएसडीको निर्णय पछि १३ खेल खेलिसकेका छन्। बार्सिलोनाको एकेडेमीका उत्पादन २३ वर्षीय भिक्टरले यस सिजनमा २२ पटक र फैसला पछि पाँच पटक खेलेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण