शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

बिहीबार, २१ चैत २०८१, ०९ : १३
बिहीबार, २१ चैत २०८१

ब्रिसबेन । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले विश्वभरबाट अमेरिका आउने सामानमा अतिरिक्त भन्सार महसुल लगाउने घोषणा गरेका छन् । उनको यो घोषणा गरेपछि धेरै देशका नेताहरूले  प्रतिक्रिया दिएका छन् । स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसनले भने, ‘हामी बढ्दो व्यापारमा बाधा पुर्‍याउन चाहँदैनौं । हामी व्यापार युद्ध पनि चाहँदैनौं । हामी अमेरिकासँग व्यापार र सहयोगको बाटोमा फर्कन चाहन्छौं, ताकि दुवै देशका जनताले राम्रो जीवन बिताउन सकून्न्,’ 

उता,दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक–सूले विश्वव्यापी व्यापार युद्धको वास्तविकता स्वीकार गर्दै सरकारले यस व्यापार संकटको सामना गर्न आफ्नो सबै क्षमता प्रयोग गर्नुपर्ने बताए । देशको उद्योग र निर्यातकर्ताहरूलाई सुरक्षित राख्न सकियोस् भनेर यसबारे विचार गरिरहेको कोलम्बियाली विदेशमन्त्री लौरा साराबियाले बताइन् । 

ब्राजिल सरकारले पनि अमेरिकाले लगाएको करको बारेमा एक विज्ञप्ति जारी गरेको छ । द्विपक्षीय व्यापारमा पारस्परिकता सुनिश्चित गर्न सबै सम्भावित कदमहरूको मूल्याङ्कन गरिरहेको अनि वैध राष्ट्रिय हितहरूको रक्षा गर्न सकियोस् भनेर विश्व व्यापार संगठनको सहारा लिने लगायत कदम चाल्न लागिएको विज्ञप्तिमा भनिएको छ । 

अमेरिकाले दक्षिण कोरियाबाट आउने सामानमा २५ प्रतिशत अतिरिक्त भन्सार महसुल लगाएको छ । कोलम्बिया र ब्राजिलबाट आउने सामानमाथि १०१० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाएको छ । यसैबिच अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले ट्रम्पका महसुलहरू अप्रत्याशित नभएको तर यी पूर्ण रूपमा अनुचित भएको बताएका छन् । 

‘अतिरिक्त भन्सार महसुल घोषणा गर्नुको पछाडि कुनै तर्क छैन । तिनीहरू अस्ट्रेलिया र अमेरिका बिचको साझेदारीको विरुद्धमा छन् । यो कुनै मित्रले गर्ने काम होइन ।’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप