सर्लाहीमा ७६ वर्षीय वृद्ध गाँजासहित पक्राउ

सर्लाही । प्रहरीले सर्लाहीको बागमती नगरपालिका–१२, बथाने टोलबाट लागुऔषध गाँजासहित ७६ वर्षीय मानबहादुर बललाई पक्राउ गरेको छ। उनलाई घरमै गाँजा लुकाएर राखी बिक्री वितरण गर्दै आएको भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो।
इलाका प्रहरी कार्यालय कर्मैया र हरिवनको संयुक्त टोलीले प्रहरी नायब निरीक्षक (सई) सुभाष यादवको नेतृत्वमा बलको घर खानतलासी गर्दा लुकाइ राखिएको १६ किलो ५०० ग्राम गाँजा बरामद गरेको जनाएको छ।
ईलाका प्रहरी कार्यालय कर्मैयाको कमाण्ड सम्हालेदेखि सई सुभाष यादवले लागुऔषध कारोबारमा संलग्नहरूलाई कडाइका साथ निगरानी गर्दै आएका छन्। उनको नेतृत्वमा प्रहरीले लगातार लागुऔषध कारोबारीहरूलाई पक्राउ गर्दै आएको छ।
बरामद गरिएको गाँजा र पक्राउ परेका बललाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय हरिवनमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने