नक्कली प्रहरी बनेर धम्की दिने युवक लागुऔषधसहित पक्राउ
सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका–१० स्थित साहारा गेष्ट हाउसमा नेपाल प्रहरीको ब्यूरो इन्स्पेक्टर भएको झुटो परिचय दिँदै होटल सञ्चालकलाई धम्की दिने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार साँझ करिब पाँच बजे होटलमा एक व्यक्तिले आफू प्रहरी अधिकृत भएको बताई अनुचित व्यवहार गरिरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोली घटनास्थल पुगेको थियो ।
अनुसन्धानपछि ती व्यक्ति सर्लाहीको हरिवन नगरपालिका – ६ का २९ वर्षीय अनुक्रम खरेल भएको खुलेको छ । उनी नेपाल प्रहरीसँग कुनै सम्बन्ध नभएको पुष्टि भएपछि प्रहरीले शरीर खानतलासी गर्दा उनको साथबाट प्रतिबन्धित लागू औषध स्पास्मो प्रोक्सिभनका ३ पत्ता (२४ ट्याबलेट) फेला पारेको हो ।
हाल खरेललाई नियन्त्रणमा लिई लागू औषध सम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण