'अराजक मान्छेलाई राजावादीले कमान्डर बनाउँदा सरकार चनाखो भएन'
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले तीनकुने प्रदर्शनमा सरकारले आवश्यक विवेक नपुर्याउँदा क्षति भएको बताएकी छन् ।
शुक्रबार बसेको राज्य व्यवस्था समितिको बैठकमा उनले प्रदर्शनको अघिल्लो दिन निर्मल निवासमा राजावादीहरुले कमान्डर परिवर्तन गरेको भएपनि सरकारले आवश्यक तयारी नगरेको बताइन् । बैंकबाट अर्बौं रुपैयाँ ऋण लिएर जनताको भावनामाथि खेल्ने पृष्ठभूमिका अराजक मान्छेलाई कमान्डर तोक्दा समेत सरकार चनाखो नभएको उनको आरोप छ ।
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद सर्वेन्द्रनाथ शुक्लाले त्रिभुवन विमानस्थल नजिकैको संवेदनशील स्थलमा राजावादीहरूलाई आन्दोलन गर्न किन ठाउँ दिइएको हो ? भन्दै प्रश्न गरे । त्यस्तो संवेदनशील ठाउँमा प्रदर्शनका लागि अनुमति दिन नहुनेमा उनको जोड थियो ।
बैठकमा बोल्ने अधिकांश सांसदहरूले व्यवस्थाविरुद्धका आन्दोलन र प्रदर्शन गर्नेहरूप्रति सरकार चिन्तित र गम्भीर हुन आवश्यक रहेको धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण