बिहीबार, १८ वैशाख २०८२
ताजा लोकप्रिय

'अराजक मान्छेलाई राजावादीले कमान्डर बनाउँदा सरकार चनाखो भएन'

शुक्रबार, २२ चैत २०८१, १७ : ५३
शुक्रबार, २२ चैत २०८१

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले तीनकुने प्रदर्शनमा सरकारले आवश्यक विवेक नपुर्‍याउँदा क्षति भएको बताएकी छन् ।

शुक्रबार बसेको राज्य व्यवस्था समितिको बैठकमा उनले प्रदर्शनको अघिल्लो दिन निर्मल निवासमा राजावादीहरुले कमान्डर परिवर्तन गरेको भएपनि सरकारले आवश्यक तयारी नगरेको बताइन् । बैंकबाट अर्बौं रुपैयाँ ऋण लिएर जनताको भावनामाथि खेल्ने पृष्ठभूमिका अराजक मान्छेलाई कमान्डर तोक्दा समेत सरकार चनाखो नभएको उनको आरोप छ । 

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद सर्वेन्द्रनाथ शुक्लाले त्रिभुवन विमानस्थल नजिकैको संवेदनशील स्थलमा राजावादीहरूलाई आन्दोलन गर्न किन ठाउँ दिइएको हो ? भन्दै प्रश्न गरे । त्यस्तो संवेदनशील ठाउँमा प्रदर्शनका लागि अनुमति दिन नहुनेमा उनको जोड थियो ।

बैठकमा बोल्ने अधिकांश सांसदहरूले व्यवस्थाविरुद्धका आन्दोलन र प्रदर्शन गर्नेहरूप्रति सरकार चिन्तित र गम्भीर हुन आवश्यक रहेको धारणा राखेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप