सांसदको प्रश्न : तीनकुने घटनामा ज्ञानेन्द्र शाहको भूमिका के हो ?
काठमाडौँ । नेकपा (एमाले) का सांसद रघुजी पन्तले चैत १५ गते तीनकुनेमा भएको घटना पूर्वराजा ज्ञानेन्द्र शाहको उक्साहटमा भएको ‘सफ्ट कु’ भएको बताएका छन् ।
शुक्रवार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पन्तले तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्रको संलग्नताबारे सरकारले जनतालाई स्पष्ट पार्नुपर्ने बताए ।
उनले चैत १५ गते भएको घटना संवैधानिक चरित्रको नभएको समेत स्पष्ट पारे । उनले प्रदर्शनकारीहरूले सिंहदरबार, नारायणहिटी र संसद भवन कब्जा गर्ने कुप्रयास गर्दापनि सरकार के हेरेर बसेको ? भनी प्रश्न गरे । उनले प्रदर्शनका कमान्डरले सार्वजनिक रूपमा हिंसात्मक अभिव्यक्ति दिएको भएपनि सरकारले समात्न नसकेको भन्दै आपत्ति जनाए ।
उनले भने, ‘यी सबै भूमिकामा ज्ञानेन्द्र शाहको भूमिका के हो ? छैन भने नभन्नुस् छ भने यो यो हो भनेर प्रमाण भनेर जनताको बिचमा आउनुप-यो । र त्यसो गर्ने जोकोही होस् त्यसलाई सरकारले के गर्छ ? मेरो विश्लेषणमा १५ गतेको पूर्वराजाको उक्सावटमा भएको सफ्ट कु को प्रयत्न हो ।’
यो प्रदर्शनलाई सामान्य ढंगले लिएर छोड्न नहुनेमा उनको जोड थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण