बुधबार, २४ वैशाख २०८२
ताजा लोकप्रिय

सांसदको प्रश्न : तीनकुने घटनामा ज्ञानेन्द्र शाहको भूमिका के हो ?

शुक्रबार, २२ चैत २०८१, १५ : ०४
शुक्रबार, २२ चैत २०८१

 काठमाडौँ । नेकपा (एमाले) का सांसद रघुजी पन्तले चैत १५ गते तीनकुनेमा भएको घटना पूर्वराजा ज्ञानेन्द्र शाहको उक्साहटमा भएको ‘सफ्ट कु’ भएको बताएका छन् । 

शुक्रवार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पन्तले तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्रको संलग्नताबारे सरकारले जनतालाई स्पष्ट पार्नुपर्ने बताए । 

उनले चैत १५ गते भएको घटना संवैधानिक चरित्रको नभएको समेत स्पष्ट पारे । उनले प्रदर्शनकारीहरूले सिंहदरबार, नारायणहिटी र संसद भवन कब्जा गर्ने कुप्रयास गर्दापनि सरकार के हेरेर बसेको ? भनी प्रश्न गरे । उनले प्रदर्शनका कमान्डरले सार्वजनिक रूपमा हिंसात्मक अभिव्यक्ति दिएको भएपनि सरकारले समात्न नसकेको भन्दै आपत्ति जनाए । 

उनले भने, ‘यी सबै भूमिकामा ज्ञानेन्द्र शाहको भूमिका के हो ? छैन भने नभन्नुस् छ भने यो यो हो भनेर प्रमाण भनेर जनताको बिचमा आउनुप-यो । र त्यसो गर्ने जोकोही होस् त्यसलाई सरकारले के गर्छ ? मेरो विश्लेषणमा १५ गतेको पूर्वराजाको उक्सावटमा भएको सफ्ट कु को प्रयत्न हो  ।’

यो प्रदर्शनलाई सामान्य ढंगले लिएर छोड्न नहुनेमा उनको जोड थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप