सम्पादकहरूको सुझाव : जनतालाई डेलिभरी बढाउ
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले ‘सुशासन र रोजगारीका लागि आन्दोलनको तयारी’बारे सरोकारवालाहरूसँग सुझाव लिन सुरु गरेको छ ।
सुशासन र जनजीविकाका मुद्दा अघि सारेर चैत १ देखि वैशाख १९ गतेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको सो पार्टीले दोस्रो चरणको आन्दोलन घोषणा गर्नुअघि सबै पक्षसँग सुझाव सङ्कलन गरेर सोही किसिमको कार्यक्रम तय गर्ने बताएको छ ।
शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा महासचिव घनश्याम भुसालले सुझाव संकलनको सुरुवात प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूबाट गरेको जानकारी दिए । भुसालले कुशासन र बेरोजगारी गणतन्त्रको ऐँठन भएको भन्दै त्यसलाई तोड्न गणन्त्रपक्षधरहरुबीच राजनीतिक सम्मेलन गर्न उपयुक्त हुनसक्छ भन्ने आफ्नो बुझाइबारे सुझाव दिन आग्रह गरेका थिए ।
केन्द्रीय आन्दोलन परिचालन कमिटीका संयोजक समेत रहेका भुसाल, उपमहासचिव रामकुमार भट्टराई र आन्दोलन परिचालन कमिटीका सचिव जीवनराम श्रेष्ठ सहभागी उक्त कार्यक्रममा सहभागी सम्पादकहरूले दलहरूका कार्यशैली, व्यवहार र आचरण सच्चाएर जनताका अपेक्षा अनुसार डेलिभरी दिने प्रतिबद्धता नजनाएसम्म जनताले कुनै पनि आन्दोलन र दलहरूप्रति विश्वास गर्ने वातावरण बन्न नसक्ने सुझाव दिए ।
कार्यक्रममा सम्पादकहरू शम्भु श्रेष्ठ, शिव गाउँले,अमित ढकाल, तीर्थ कोइराला, किरण नेपाल, बसन्त बस्नेत, दिलभुषण पाठक, गुणराज लुइँटेल लगायत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण