रोनाल्डोको दुई गोलमा साबिक विजेता पराजित
रियाद । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले साउदी प्रो लिगमा अल नासरले साबिक विजेता अल हिलाललाई पराजित गरेको छ । शुक्रबार भएको खेलमा अल नासर ३–१ गोलले विजयी बनेको हो ।
खेलको पहिलो हाफमा अल हिलालले नियन्त्रण राखे पनि अग्रता भने पाहुना टोलीले लियो । निकै प्रतिस्पर्धात्मक खेलपछि पहिलो हाफको इन्जुरी समयमा अली अलहसनले अल नासरका लागि पहिलो गोल गरे ।
दोस्रो हाफको सुरुवातमा नै रोनाल्डोले साडियो मानेको पासमा टोलीको अग्रता दोब्बर बनाए । ६२ औँ मिनेटमा अली अलबुलाहीले गोल गर्दै अल हिलाललाई फर्काउने प्रयास गरे ।
तर, ८८ औँ मिनेटमा पाँच पटकको बालोन डी ओर विजेता खेलाडीले पेनाल्टीबाट गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । अल हिलालका डिफेन्डर अल हाब्रीले ह्यान्डबल गरेपछि अल नासरले पेनाल्टी पाएको थियो ।
जीतका बाबजुद २६ खेलपछि अल नासर ५४ अंकसहित तेस्रो स्थानमा सीमित छ । अल हिलालको समान खेलबाट ५७ अंक छ । शीर्ष स्थानमा रहेको अल इतिहादले एक खेल कम खेल्दै ६१ अंक बटुलेको छ ।
अब अल नासरले लिगमा अल रियादको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण