नेपाली दर्शकहरूलाई नचाउन नोरा फतेही आउँदै
काठमाडौँ । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध टुसालमा आयोजना हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ मार्फत नोरा नेपाली दर्शकहरूलाई नचाउन आउन लागेकी हुन् ।
वर्ल्ड वाइड फिल्मस् नेटवर्क प्रालिको आयोजना हुने कार्यक्रम शिक्षाबाट वञ्चित बालबालिकाहरूको क्षेत्रमा काम गर्दै आएको ह्युमन रस्पेक्ट नेपालको सहयोगार्थ आयोजना हुनेछ भने मनु मिडिया प्रालिले इभेन्ट व्यवस्थापन हेर्नेछ । नेपालमा आयोजना हुँदै आएका ईन्टरनेशनल आर्टिष्टहरुको शोबिच ‘नोरा फतेही लाइभ इन नेपाल’ अझ उत्कृष्ट हुने दाबी गर्छन् इभन्ट म्यानेजर मनिष कार्की । जसका लागि मुम्बईबाट नोरासहित २० बढी कोसर डान्सरहरू प्रस्तुतिका लागि नेपाल आउनेछन् ।
पूर्ण मनोरञ्जन सहितको कार्यक्रम हेर्न नेपालीसँगै सीमावर्ती क्षेत्रका भारतीय दर्शकहरू समेत नोरालाई हेर्न आउने विश्वास आयोजक संस्थाले राखेको छ । जहाँ दर्शकहरूले नृत्य र संगीतको भरपुर मजा लिन सक्नेछन् । फिल्म निर्माण र सामाजिक काममा लाग्दै आएका दव मगर आयोजक संस्थाका अध्यक्ष देव मगरका अनुसार नोरा फतेही लाइभ इन नेपाल मा चर्चित नेपाली कलाकारहरुको पनि प्रस्तुति रहनेछ ।
आयोजक संस्थाले टिकेटको मूल्य २ हजार, ४ हजार, ७ हजार र १६ हजार तय गरिएको छ भने आइतबारदेखि खल्ती एपमार्फत टिकेट काट्न सकिनेछ । कार्यक्रममा इन्टरनेशनल कोर्डिनेटरका रुपमा युद्ध बानिया रहेका छन् । नोराले बलिउडमा दिलबर दिलबर, कुसु कुसु, ओ साकी साकी, नाच मेरी रानी नाच सुपरडुपर हिट गीतहरुमा काम गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण