बुधबार, २४ वैशाख २०८२
ताजा लोकप्रिय

‘अबको दशक मिल्काइसकेको पात्रको बारेमा छलफल गर्ने समय होइन’

शनिबार, २३ चैत २०८१, १६ : ४०
शनिबार, २३ चैत २०८१

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै विगतमा मिल्काइसकेको पात्रको बारेमा छलफल गर्ने समय नरहेको टिप्पणी गरेका छन् ।

शनिवार बाह्रखरी मिडियाले काठमाडौँमा आयोजना गरेको ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले २०८०—०९० दशक विगतमा फालिसकेको पात्र र विषयमा छलफल गरेर बस्ने समय नरहेको जिकिर गरेका हुन् । 

उनले राजतन्त्रलाई नचाहिने, थोत्रो भएको टिप्पणी गर्दै गइसकेको कुरामा छलफल गर्न जरुरी नरहेको बताए । अबको एक दशक आइटीको एक्सपर्टलाई ५ गुणा कसरी बनाउने, तलब तीन गुणा कसरी बढाउने, आइटीको एन्फ्रास्ट्रक्चर कसरी बढाउने भन्ने कुरा बहसको विषय बन्नुपर्ने महामन्त्री थापाको भनाई थियो । 

थापाले भने, ‘हामी अबको ८/१० वर्ष भित्रमा कीर्तिपुरको डाँडा मात्रै होइन, त्यस्ता थुप्रै डाँडाहरूमा साथीहरूले दुई चार लाख रुपैयाँ कमाएको स्थिति हामी बनाउन सक्छौँ भन्ने विश्वास रहेको दावी गरे । सम्भावना हामीसँग छ,  तर त्यसका निम्ति सोच्नुपर्ने र सोही दिशामा काम गर्नुपर्नेछ । हाम्रो सुरुवात भइसक्यो, गति अलि नपुगेकोले अब गति बढाउनुपर्नेमा थापाले जोड दिए ।

यो हाम्रो लागि एउटा अवसर हो, कानुनमा ल्याउनुपर्ने बदलाव पनि ल्याएर  अरू स्ट्रक्चरमा ल्याउनुपर्ने कुराहरू पनि ल्याऔँ भन्दै पोजेटिभ, ओपन माइन्डेड, सबै कोलाब्रेसनमा गर्ने, निजी, सरकारी भर्सेस केही पनि छैन । मिलेर गर्ने, हाम्रो भागमा परेको काम हामीले र तपाईँको भागमा परेको काम तपाईँले गर्ने हो ।’ 

महामन्त्री थापाले अर्थतन्त्रमा अप्ठेरो परेको बेला पनि आईटी क्षेत्रले आशा देखाएको बताउँदै आईटी क्षेत्रमा नेपाललाई धेरै अवसर रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप