‘अबको दशक मिल्काइसकेको पात्रको बारेमा छलफल गर्ने समय होइन’
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै विगतमा मिल्काइसकेको पात्रको बारेमा छलफल गर्ने समय नरहेको टिप्पणी गरेका छन् ।
शनिवार बाह्रखरी मिडियाले काठमाडौँमा आयोजना गरेको ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले २०८०—०९० दशक विगतमा फालिसकेको पात्र र विषयमा छलफल गरेर बस्ने समय नरहेको जिकिर गरेका हुन् ।
उनले राजतन्त्रलाई नचाहिने, थोत्रो भएको टिप्पणी गर्दै गइसकेको कुरामा छलफल गर्न जरुरी नरहेको बताए । अबको एक दशक आइटीको एक्सपर्टलाई ५ गुणा कसरी बनाउने, तलब तीन गुणा कसरी बढाउने, आइटीको एन्फ्रास्ट्रक्चर कसरी बढाउने भन्ने कुरा बहसको विषय बन्नुपर्ने महामन्त्री थापाको भनाई थियो ।
थापाले भने, ‘हामी अबको ८/१० वर्ष भित्रमा कीर्तिपुरको डाँडा मात्रै होइन, त्यस्ता थुप्रै डाँडाहरूमा साथीहरूले दुई चार लाख रुपैयाँ कमाएको स्थिति हामी बनाउन सक्छौँ भन्ने विश्वास रहेको दावी गरे । सम्भावना हामीसँग छ, तर त्यसका निम्ति सोच्नुपर्ने र सोही दिशामा काम गर्नुपर्नेछ । हाम्रो सुरुवात भइसक्यो, गति अलि नपुगेकोले अब गति बढाउनुपर्नेमा थापाले जोड दिए ।
यो हाम्रो लागि एउटा अवसर हो, कानुनमा ल्याउनुपर्ने बदलाव पनि ल्याएर अरू स्ट्रक्चरमा ल्याउनुपर्ने कुराहरू पनि ल्याऔँ भन्दै पोजेटिभ, ओपन माइन्डेड, सबै कोलाब्रेसनमा गर्ने, निजी, सरकारी भर्सेस केही पनि छैन । मिलेर गर्ने, हाम्रो भागमा परेको काम हामीले र तपाईँको भागमा परेको काम तपाईँले गर्ने हो ।’
महामन्त्री थापाले अर्थतन्त्रमा अप्ठेरो परेको बेला पनि आईटी क्षेत्रले आशा देखाएको बताउँदै आईटी क्षेत्रमा नेपाललाई धेरै अवसर रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
-
सबै व्यक्तिमाथि कानुन समान रूपमा लाग्नुपर्छ, विभेदकारी छानबिन मानिँदैन : नेता दाहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण