थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन्ः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको पहिलो औपचारिक भ्रमणबाट नेपालमा लगानी र सहकार्यवृद्धिका सम्भावनाका ढोकाहरु खुलेको बताएका छन् ।
बाह्रखरी अनलाइनले आज गोकर्णमा आयोजना गरेको ‘एनसेल–बाह्रखरी गल्फ तथा आर्थिक गोष्ठी’मा प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा नेपाली र थाइल्याण्डका व्यासायिक समुदायबीचको अनुभव आदानप्रदान र विभिन्न सम्झौता हुनु अन्त्यन्त फलदायी कार्य भएको बताएका हुन् ।
थाइल्याण्डको पहिलो औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनबाट स्वदेश फर्किएलगत्तै गोकर्णमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ४० प्रतिशतको हाराहारीमा युवा जनसङ्ख्या रहेको स्थितिमा भएका स्रोत साधनको प्रयोग गरे दक्ष जनशक्ति तयार गर्दै विकासको गति तीव्र बनाउनुपर्ने बताए ।
‘देशमा काम गर्न नदिने र छेक्ने मनोदशा भएमा विकासको गति रोकिन्छ । तीव्ररुपमा काम हुनका लागि सबैमा देशभक्ति हुनुपर्छ । हामीले राम्रा कानुन बनाइ कानुनको सहीरुपमा कार्यान्वयन हुनुपर्छ ।’, प्रधानमन्त्री ओलीले भने, ‘जनताको सरकारसँग भेट हुनेबित्तिकै बैरभाव हुने स्थिति अन्त्य गर्नुपर्छ । हामीले सुशासन र सेवा प्रवाहका क्षेत्रमा प्रयास गरिरहेका छौँ । सम्भावनाहरु धेरै राम्रा छन्, थाइल्याण्डको भ्रमणबाट पनि त्यो ढोकाहरु खुलेको छ ।’
प्रधानमन्त्री ओलीले आफूले डिजिटल नेपालको फ्रेकवर्क कार्यान्वयनमा ल्याएको स्मरण गर्दै यस क्षेत्रमा दक्ष र रोजगारमूलक जनशक्तिको सङ्ख्या वृद्धि गरेर सूचना प्रविधिको प्रयोगबाट आर्थिक लाभ लिनसक्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्धको जन्ममितिकै आधारमा बुद्धजयन्ती मनाउनुपर्छ : डा.अञ्जान शाक्य
-
जम्मू कश्मीरमा सेनाको गाडी खोँचमा खस्यो, तीन सैनिकको मृत्यु
-
‘एल क्लासिको’ अघि बार्सासँग दुरी घटायो रियलले
-
तीनकुने घटना : रवीन्द्र मिश्रसहित २५ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति
-
गाउँमै स्वास्थ्य उपचार पाएपछि स्थानीय खुसी
-
डाइभर्सनमा प्रयोग भएको ह्युमपाइपनै बगाएपछि कान्ति लोकपथ पुनः अवरुद्ध