बुधबार, २४ वैशाख २०८२
ताजा लोकप्रिय

रियाल हार्दा बार्सिलोना बराबरीमा रोकियो

आइतबार, २४ चैत २०८१, ०५ : २६
आइतबार, २४ चैत २०८१

काठमाडौं । स्पेनिस ला लिगामा उपाधि दावेदार बार्सिलोना बराबरीमा रोकिएको छ । शनिबार राती बार्सिलोनालाई घरेलु मैदानमा रियाल बेटिसले १-१ को बराबरीमा रोकेर अंक खोस्यो । रियालका लागि ७ औं मिनेटमा गाभीले गोल गरे । 

१७ औं मिनेटमा रियाल बेटिसका नतनले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि दुबै टोलीबाट गोल हुन सकेन । यो बराबरीले बार्सिलोनालाई दुई अंक घाटा लागेको छ । बार्सिलोनाको ३० खेलबाट ६७ अंक भएको छ । 

शनिबार राती घरेलु मैदानमा भ्यालेन्सियासँग हारेको रियाल मड्रिडको भने ६३ अंक छ । तेस्रो स्थानमा रहेको एटलेटिको मड्रिडको २९ खेलबाट ५७ अंक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप