हुनेवाला पतिसँग घुम्न गएकी युवतीको मृत्यु
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा हुनेवाला पतिसँग घुम्न गएकी एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ वर्षीय प्रियंका रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दिल्लीको चाणक्यपुरी निवासी प्रियंका आफ्नो हुनेवाला पति निखिलसँग गत बिहीबार घुम्न गएकी थिइन् । ‘इङ्गेजमेन्ट’ गरिसकेका उनीहरूको विवाह चाँडै नै हुने निधो भएको थियो ।
कापसहेडास्थित ‘फन एन्ड फुड भिलेज’ मा प्रियंका र निखिल ‘रोलर कोस्टर’मा चढेका थिए । यस क्रममा ‘रोलर कोस्टर’को एउटा ‘स्ट्यान्ड’ भाँचिएको थियो ।
प्रियंका ‘रोलर कोस्टर’बाट तल खसिन् । गम्भीर घाइते अवस्थाकी उनलाई निखिलले नजिकैको अस्पतालमा उपचारका लागि लगेका थिए । नाक र कानबाट रक्तश्राव भएको अवस्थामा अस्पताल लगिएकी उनलाई चिकित्सकले मृत घोषित गरे ।
निखिलले पार्क व्यवस्थापनको लापर्बाहीका कारण प्रियंकाले ज्यान गुमाउनु परेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । शव परीक्षणपछि प्रियंकाको शव परिवारलाई हस्तान्तरण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण