झुक्किएर डिपोर्ट भएका पुरुषलाई अमेरिकाले फर्काउन नसकेपछि...
वासिङ्टन डीसी । अध्यागमनका अधिकारीहरूले अमेरिकामा बसिरहेका एक पुरुषलाई त्रुटिवश एल साल्भाडोर डिपोर्ट गरे । यसरी डिपोर्ट गरिएका व्यक्तिलाई अमेरिका फर्काउन नसकेको घटनाप्रति अमेरिकी न्यायाधीशले ट्रम्प प्रशासनका अधिकारीलाई गाली गरेका छन् ।
अमेरिकी जिल्ला न्यायाधीस पाउला सिनिसले सोमबार मध्यराति भित्रमा किलमार अबेर्गो गार्सियालाई अमेरिका फर्काउन आदेश दिएकी थिइन् । आइतबार उनले पुनः आफ्नो आदेश दोहोर्याउँदै एउटा ओपिनियन जारी गरेकी थिइन् । कानुनी अधिकार बिनै गार्सियालाई थुतेर डिपोर्ट गरिएको सिनिसको भनाइ छ ।
यो अवस्थालाई उनले अन्तःस्करणलाई झिँगल्ने गम्भीर गल्ती भनेकी छिन् । एल साल्भाडोरको जेलबाट ग्रासियालाई निकालेर ल्याउने अधिकार नभएको भन्दै उनलाई फर्काउन नसकिएको ट्रम्पका अधिकारीहरूले तर्क गरिरहेका छन् । सिनिसको आदेशलाई खारेज गराइदिन अमेरिकाको न्याय मन्त्रालयले पुनरावेदन अदालतसँग अनुरोध गरेको छ ।
यस विषयमा पुनरावेदन अदालतले आइतबार फैसला सुनाउँदैछ । एल साल्भाडोरको कुख्यात जेलमा ट्रम्प प्रशासनले २३८ जान भेनेजुएली र २३ जान एल साल्भाडोरेलीहरूलाई डिपोर्ट गरेको छ । गार्सिया यिनैमध्ये एक हुन् ।
अमेरिकी अध्यागमन न्यायाधीशे ग्रासियालाई २०१९ मै अमेरिकामा कानुनी सुरक्षा दिएका थिए । तर अध्यागमनका अधिकारीहरूले झुक्किएर उनलाई डिपोर्ट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण