खैरो हेरोइन सहित सिरहाबाट ३ जना पक्राउ
सोमबार, २५ चैत २०८१, १९ : ४४
काठमाडौं । प्रहरीले सिरहाको लहान नगरपालिका–३ स्थित अस्पताल चोकबाट खैरो हेरोइन सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका घर भएका २२ वर्षीय पवन कुमार साह, २३ वर्षीय अंकेश कुमार महतो र २० वर्षीय लालबाबु राय छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले आरोपीहरुको साथबाट ३१ ग्राम खैरो हेरोइन बरामद गरेको छ । उनिहरु बिरुद्ध लागुऔषध मुद्दामा अदालतलबाट १० दिनको म्याद लिएर अनुसन्धान भइरहेको इप्रका लहानका डीएसपी हिरेन्द्र रोकायाले रातोपाटीलाई बताए ।
उनीहरु तिनैजना गत साउन १३ मा खैरो हेरोइन सहित पक्राउ परेर ४ महिना जेल बसेर छुटेका थिए । छुटेपछि उनिहरुले फेरी लागुऔषधको कारोबार शुरु गरेको डीएसपी रोकायाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८८औँ मिनेटमा मिकेल मेरिनोको गोल, बेल्जियम विरुद्ध स्पेन पुनः २–१ ले अघि
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण