प्रधानमन्त्री ओली मंगलबार सिरहा आउँदै, हजारौँ जनमास उतार्ने तयारी
सोमबार, २५ चैत २०८१, २१ : ०९
सिरहा । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार सिरहा आउने भएका छन् ।
नेकपा एमालेका अध्यक्षसमेत रहेका ओली पार्टीको ११ औं सिरहा जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्न सिरहा आउन लागेका हुन् ।
सिरहा सदरमुकामस्थित सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसमा हुने जिल्ला अधिवेशनमा १७ वटै पालिकाबाट हजारौँको संख्यामा जनमास उतार्ने तयारी पूरा भएको जिल्ला सचिव उग्रनारायण यादवले जानकारी दिए ।
उनले भने, ‘हामी अहिले पनि अधिवेशनकै तयारीका काममा छौँ। पार्टी अध्यक्ष नै आउने भएकाले ४० देखि ५० हजार मास उतार्ने गरी तयारी गरिरहेका छौँ।’
जिल्ला अधिवेशनको मुखैमा आए पनि सबै प्रतिनिधि, पर्यवेक्षकको नामावली आइनसकेको सचिव यादवले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण