टी–२० क्रिकेटमा १३ हजार रन बनाउने पहिलो भारतीय खेलाडी बने विराट कोहली

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा रोलय च्यालेन्जर्स बेंगलुरुले गतिलो प्रदर्शन गर्दै आएको छ । बेंगलुरुले आफूले खेलेको चारमध्ये तीन खेलमा जित हात पारेको छ । बेंगलुरु ६ अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।
आफ्नो पछिल्लो खेलमा बेंगलुरुले बलियो प्रतिद्वन्द्वी मुम्बई इन्डियन्सलाई उसैको घरेलु मैदानमा १२ रनले हरायो । बेंगलुरुले मुम्बईलाई १० वर्षपछि उसैको घरेलु मैदानमा हराएको हो । उक्त खेलमा बेंगलुरुका लागि विराट कोहलीले ६७ रनको योगदान गरे ।
यस क्रममा उनले केवल ४२ बलको सामना गरी दुई छक्का र आठ चौका हिर्काए । यो अर्धशतकसँगै विराट टी–२० क्रिकेटमा १३ हजार रन बनाउने पहिलो भारतीय ब्याट्सम्यान बनेका छन् । उनी यस्तो उपलब्धि हासिल गर्ने विश्वकै पाँचौँ क्रिकेटर पनि बनेका छन् ।
विराटले टी–२० मा तीन सय ८६ पाली खेल्दै १३ हजार रनको कोशेढुंगा पार गरेका हुन् । टी–२० क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान भने वेस्ट इन्डिजका क्रिस गेल हुन् । उनले कुल १४ हजार पाँच सय ६२ रन बनाएका छन् ।
गेल टी–२० क्रिकेटमा १४ हजार रन बनाउने पहिलो खेलाडी पनि हुन् । यो सूचीमा दोस्रो नम्बरमा एलेक्स हल्स छन् । उनले कुल १३ हजार ६ सय १० रन बनाएका छन् । तेस्रो स्थानमा आसीन सोएब मलिकले १३ हजार पाँच सय ५७ र चौथो स्थानमा आसीन केइरन पोलार्डले १३ हजार पाँच सय ३७ टी–२० रन बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने
-
वर्षायाममा पनि काठमाडौँमा मेलम्चीको पानी वितरण हुने
-
समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यक : पूर्वउपराष्ट्रपति पुन
-
तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला