राप्रपाको सभामा घुसपैठको आरोप लागेका ४ जनामाथि प्रहरीले थाल्यो अनुसन्धान
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ स्थित बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको विरोध सभा बिथोल्न खोजेको आरोपमा ४ जना पक्राउ परेका छन् । चार जनालाई राप्रपाका स्वयंसेवकले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।
पक्राउ पर्नेमा दाङको घोराही नगरपालिका–४ घर भएर कीर्तिपुर बस्ने ४२ वर्षीय भरत वली, धादिङ रुविभ्याली घर भएर कीर्तिपुर बस्ने ३० वर्षीय रमेश लामा, रामेछापको मन्थली घर भएर बल्खु बस्ने १८ वर्षीय सुवास खड्का र नवलपुर घर भएर कीर्तिपुर बस्ने २७ वर्षीय रञ्जित क्षेत्री छन् । पक्राउ परेका सबैलाई प्रहरी वृत्त कालिमाटीमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । उनले भने, ‘घुसपैठको आरोपमा पक्राउ पर्नेको संख्या बढ्न सक्छ ।’
विरोध सभा भइरहँदा उनीहरूले अवाञ्छित गतिविधि गरेको आरोप छ । पक्राउ परेकाहरूलाई प्रहरीसँग आफूहरू कुनै पनि दलमा आबद्ध नभएको बताएका छन् । आरोपीहरूमाथि प्रहरी वृत्त कालिमाटीले अनुसन्धान सुरु गरेको छ । एसपी बोहरा भन्छन्, ‘उनीहरूमाथि अनुसन्धान हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण