पेस्तोल, गोली र १ सय ९ किलो गाँजासहित युवक पक्राउ
रौतहट । रौतहटमा कटुवा पेस्तोल, गोली र गाँजासहित एक जना युवकलाई प्रहरीको गस्ती टोलीले पक्राउ गरेको छ।
भारतीय सीमासँग जोडिएको ईशनाथ नगरपालिका-१ बन्जरहा झुलुङ्गे पुलबाट कटुवा पेस्तोल १ थान, गोली ४ राउण्ड र १ सय ९ किलो गाँजासहित गौर नगरपालिका-४ टिकुलियाका २१ वर्षीय सावन गिरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट एकजना इन्स्पेक्टरको कमान्डमा गएको टोलीलाई लालबकैया केराघारी हुँदै टाउकोमा गाँजाको बोरा बोकेर भारततर्फ गइरहेको गिरीले देखेपछि गाँजा फालेर भागेका थिए। प्रहरी टोलीले उनलाई लखेटेर पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयको सूचनामा उल्लेख गरिएको छ।
प्रहरीले खानतलासी गर्दा गिरीको पाइन्टको गोजीमा ८ एमएमको गोली लोड अवस्थामा कटुवा पेस्तोल र ३ राउण्ड सोही पेस्तोलमा गोली बरामद भएको प्रदेश प्रहरीका सूचना अधिकारी एसपी ठाकुर प्रसाद पोखरेलले जानकारी दिए।
गिरीमाथि लागुऔषध तथा हातहतियार खरखजाना सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको मधेश प्रदेश प्रहरी कार्यालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण