आयल निगमको विज्ञ सञ्चालक सदस्य पदमा आवेदन खुला
काठमाडौँ । नेपाल आयल निगमको रिक्त विज्ञ सञ्चालक सदस्यका लागि आवेदन माग भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सूचना जारी गर्दै निगमको रिक्त विज्ञ सञ्चालक सदस्य नियुक्तिका लागि आवेदन खुला गरेको हो ।
रिक्त विज्ञ सञ्चालक सदस्य पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले दरखास्त आह्वान गरिएको मन्त्रालयले जनाएको छ ।
उक्त पदमा दरखास्त दिन नेपालको नागरिक हुनुपर्ने, मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उपाधि हासिल गरी सार्वजनिक निकायको कामको प्रकृतिसँग सम्बन्धित विषयमा कम्तीमा १० वर्षको विज्ञता हासिल गरेको हुनुपर्ने उल्लेख छ ।
यस अतिरिक्त उद्योग मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका २०७८ को दफा ४ बमोजिम अयोग्य नरहेको, दरखास्त दिने अन्तिम मितिसम्म ३० वर्ष पूरा भई ६५ वर्ष उमेर ननाघेको हुनुपर्ने प्रावधान छ ।
उक्त पदका लागि इच्छुक नेपाली नागरिकले सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र कार्यालय समयमा मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा सिंहदरबारमा आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण