सोमबार, २९ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘केपी ओली कप’ राष्ट्रिय  क्रिकेटमा गण्डकी र हिमालयनको लगातार दोस्रो जित

बुधबार, २७ चैत २०८१, २० : ०३
बुधबार, २७ चैत २०८१

कास्की, २७ चैतः पोखरामा जारी दोस्रो संस्करणको ‘केपी ओली कप’ टी-२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को बुधबारको खेलमा गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमी विजयी भएका छन् । 

मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रङ्गशालाको क्रिकेट मैदानमा जारी पाँचौँ दिनको खेलमा गण्डकी हिरोजले ग्रेट हिमालयलाई १० विकेटले पराजित गरेको हो । त्यसैगरी हिमालयन क्रिकेट एकेडेमीले चितवन क्रिकेट क्लबलाई छ विकेटले पराजित ग–यो । गण्डकी र हिमालयन यी दुवै टोलीको यो लगातार दोस्रो जित हो । 

ग्रेट हिमालयसँगको खेलमा जितका लागि एक सय तीन रनको विजयी लक्ष्य पाएको गण्डकी हिरोजले १२ ओभरमा विना विकेटको क्षतिमा लक्ष्य भेटाउन सफल भयो । समूह ‘बी’ मा गण्डकी हिरोज र हिमालयनको समान चार अङ्क रहेको छ । सेमिफाइनल प्रवेशका लागि बिहीबार यी दुइ टिम भिड्ने छन् भने चितवन र ग्रेट हिमालयनको भने अन्तिम चारको सम्भावना सकिएको छ । 

यही चैत २३ गतेदेखि सुरु भएको प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धामा छन् ।  विजेताले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यसैगरी ‘म्यान अफ दि सिरिज’ले नगद रु ३० हजार, वेष्ट बलर, बेष्ट ब्याटरले जनही नगद रु १० हजार र ‘म्यान अफ दि म्याच’ले नगद रु पाँच हजारका साथमा ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप