‘केपी ओली कप’ राष्ट्रिय क्रिकेटमा गण्डकी र हिमालयनको लगातार दोस्रो जित
कास्की, २७ चैतः पोखरामा जारी दोस्रो संस्करणको ‘केपी ओली कप’ टी-२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को बुधबारको खेलमा गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमी विजयी भएका छन् ।
मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रङ्गशालाको क्रिकेट मैदानमा जारी पाँचौँ दिनको खेलमा गण्डकी हिरोजले ग्रेट हिमालयलाई १० विकेटले पराजित गरेको हो । त्यसैगरी हिमालयन क्रिकेट एकेडेमीले चितवन क्रिकेट क्लबलाई छ विकेटले पराजित ग–यो । गण्डकी र हिमालयन यी दुवै टोलीको यो लगातार दोस्रो जित हो ।
ग्रेट हिमालयसँगको खेलमा जितका लागि एक सय तीन रनको विजयी लक्ष्य पाएको गण्डकी हिरोजले १२ ओभरमा विना विकेटको क्षतिमा लक्ष्य भेटाउन सफल भयो । समूह ‘बी’ मा गण्डकी हिरोज र हिमालयनको समान चार अङ्क रहेको छ । सेमिफाइनल प्रवेशका लागि बिहीबार यी दुइ टिम भिड्ने छन् भने चितवन र ग्रेट हिमालयनको भने अन्तिम चारको सम्भावना सकिएको छ ।
यही चैत २३ गतेदेखि सुरु भएको प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धामा छन् । विजेताले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यसैगरी ‘म्यान अफ दि सिरिज’ले नगद रु ३० हजार, वेष्ट बलर, बेष्ट ब्याटरले जनही नगद रु १० हजार र ‘म्यान अफ दि म्याच’ले नगद रु पाँच हजारका साथमा ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण