१२८ वर्षपछि ओलम्पिकमा फर्किएको क्रिकेटले ६ टोलीमात्र सहभागी गराउन पाउने
काठमाडौँ । सन् २०२८ को ओलम्पिक खेलकुद अमेरिकाको लस एन्जल्समा आयोजना हुँदैछ । ओलम्पिकको यो संस्करणमा क्रिकेट खेललाई पनि समावेश गरिएको छ । क्रिकेट खेल एक सय २८ वर्षपछि ओलम्पिकमा फर्किएको हो ।
यसअघि सन् १९०० को ओलम्पिकमा क्रिकेट खेल समावेश गरिएको थियो । तर, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईसीसी) ले लस एन्जल्स ओलम्पिकमा क्रिकेटका लागि ९० जना खेलाडीको कोटामात्र छुट्याउने भएको छ ।
यस आधारमा उक्त ओलम्पिकमा ६ वटा टोलीले मात्र सहभागिता जनाउन पाउने छन् । प्रत्येक टोलीमा १५ जना खेलाडी रहने छन् । ओलम्पिकमा खेलाइने क्रिकेट टी–२० ढाँचाको हुनेछ । ओलम्पिकका लागि क्रिकेटको छनोट प्रक्रिया भने हालसम्म निश्चित भइसकेको छैन ।
सम्भवतः अमेरिकाले उक्त ओलम्पिकमा आयोजकको नाताले स्वतः प्रवेश पाउने छ । यस्तो स्थितिमा बाँकी पाँच टोली छनोट चरणबाट आउने छन् । यदि ओलम्पिकका लागि वरीयतालाई छनोटको आधार बनाइयो भने केही चर्चित राष्ट्रले सहभागिताको अवसर गुमाउने छन् ।
विश्व क्रिकेटमा भारत र पाकिस्तानबिचको खेललाई निकै महत्वका साथ हेरिन्छ । यदि वरीयताका आधारमा टोली छनोट गरियो भने पाकिस्तानले ओलम्पिक खेल्ने अवसर नपाउन सक्छ । पछिलो समय अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानको प्रदर्शन खासै गतिलो देखिँदैन । तर, हालसम्म ओलम्पिकका लागि छनोटको ढाँचा भने टुंगो लागिसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण