मङ्गलबार, ३० वैशाख २०८२
ताजा लोकप्रिय
समाचार

त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

बिहीबार, २८ चैत २०८१, १५ : ३५
बिहीबार, २८ चैत २०८१

काठमाडौं । त्रिभुवन विश्व विद्यालयका उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ । 

प्रधानमन्त्री एवं त्रिभुवन विश्व विश्व विद्यालयका कुलपति केपी शर्मा ओलीले उपकुलपति बरालको राजीनामा बिहीबार स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

बरालले गत चैत १६ गते राजीनामा बुझाएका थिए । बराललाई त्रिविको उपकुलपतिमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०८० फागुन १० गते नियुक्त गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप