पूर्वराजालाई समितिमा बोलाउन कांग्रेस सांसदको प्रस्ताव
काठमाडौँ । नेपाली कांग्रेसका सांसद जीवन परियारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुन, न्याय तथा मानव अधिकार समितिमा बोलाएर छलफल गर्नुपर्ने बताएका छन् । गृहमन्त्री रमेश लेखकको उपस्थितिमा भएको बैठकमा उनले पूर्वराजा शाहलाई समितिमा बोलाएर उक्त घटना उनले घटाएको हो कि होइन सोध्नुपर्ने बताए ।
‘१५ गतेको घटना उहाँसँग सम्बन्धित छ कि छैन ? यो समितिमा बोलाऊँ पूर्वराजा ज्ञानेन्द्रलाई यो मानवअधिकार उल्लङ्घनको घटना हो कि होइन ? एउटा नागरिकको हिसाबले तपाईँ यो घटना गर्न पाउनुहुन्छ ? के हो यो कुरा ? यसका विषयमा पनि छलफल गर्न आवश्यक छ,’ उनले भने ।
कुनै पनि व्यक्तिलाई अराजकता र अमानवीय व्यवहार गर्ने छुट नभएको र पूर्वराजा ज्ञानेन्द्र यतिबेला सामान्य नागरिक मात्रै भएको उनको भनाइ थियो ।
‘ कुनै पनि व्यक्तिलाई अराजकता र अमानवीय व्यवहार गर्ने छुट कसैलाई छैन । संविधानको नजरमा सबै बराबर छन् । सामान्य जनताले पाउने मानवअधिकारको जति अधिकार हो, उहाँलाई पनि त्यति नै अधिकार हो । त्योभन्दा बढी छैन,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण