स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
सुनसरी । रामधुनी नगरपालिका-९ मा कार्यरत स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार दिएको छ । स्वास्थ्य सेवा प्रवाहमा सहजता ल्याउने उद्देश्यले स्वयंसेविकालाई साइकल प्रदान गरिएको वडा कार्यालयले जनाएको छ । वडास्तरीय कार्यक्रममार्फत कुल ८० हजार बजेटबाट ११ जना स्वयंसेविकालाई साइकल उपहार दिइएको वडा सचिव जयराम चौधरीले जानकारी दिए ।
वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा अध्यक्ष घनश्याम चौधरीले स्वयंसेविकालाई साइकल हस्तान्तरण गरे । साइकल हस्तान्तरण गर्दै अध्यक्ष चौधरीले स्वयंसेविकाको सेवा भाव र योगदानको प्रशंसा समेत गरेका थिए । उनले भने, ‘स्वयंसेविकाले समुदायमा आधारभूत स्वास्थ्य सेवा पुर्याउन धेरै महत्वपूर्ण योगदान गर्नुभएको छ । सेवा प्रवाहका लागि हिँडेर घरघर पुग्न गाह्रो हुन्छ । त्यसैले उहाँहरूलाई हिँडडुल गर्न सहज होस् भनेर साइकल वितरण गरेका हौँ ।’
स्वयंसेविकामध्ये एक मञ्जु चौधरीले साइकल पाएपछि पैदल हिँडेर घरघर पुग्नुपर्ने बाध्यता अन्त्य भएको र सेवा प्रवाहमा सहजता थपिने बताईन् । स्वयंसेविकाले गाउँघरमा स्वास्थ्य सचेतना फैलाउने, गर्भवती तथा सुत्केरी महिलाको घरमै पुगेर निगरानी गर्ने, सरकारका खोप कार्यक्रममा सहयोग गर्ने लगायत महत्वपूर्ण योगदान गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण