जम्मू कश्मीरमा घुसपैठविरोधी अभियानमा सेनाका सुबेदारको मृत्यु

कश्मीर । जम्मू कश्मीरको सुन्दरबनीस्थित नियन्त्रण रेखामा भएको एक कारबाहीको क्रममा भारतीय सेनाका सुबेदार कुलदीप चन्दको मृत्यु भएको छ। भारतीय सेनाको ह्वाइट नाइट कोर्प्सले दिएको जानकारी अनुसार ११ अप्रिल २०२५ को रात चन्द सुन्दरबनीको केरी(बट्टल क्षेत्रमा घुसपैठ विरोधी अभियानको नेतृत्व गरिरहेका थिए। यसै क्रममा उनको मृत्यु भयो।
‘जनरल अफिसर कमान्डिङ (जीओसी) ह्वाइट नाइट कोर्प्स र सबै श्रेणीहरूले ९ पञ्जाब रेजिमेन्टका बहादुर सुबेदार कुलदीप चन्दको सर्वोच्च बलिदानलाई सलाम गर्दछन्,’ ह्वाइट नाइट कोर्प्सले ट्विटरमा पोस्ट गरेको छ । पोस्टमा थप भनिएको छ, ‘उनले ११ अप्रिल २०२५ को रात सुन्दरबनीको केरीबट्टल क्षेत्रमा नियन्त्रण रेखामा घुसपैठ विरुद्धको अभियानको साहसपूर्वक नेतृत्व गर्दा आफ्नो जीवन बलिदान दिए।’
कोर्प्सले सहिद कुलदीप चन्दको परिवारप्रति समवेदना व्यक्त गर्दै लेखेको छ, ‘उनको टोलीको बहादुरी र सुबेदार कुलदीपको सर्वोच्च बलिदानले आतंककारीहरूको घुसपैठको प्रयासलाई विफल बनायो। यो दुःखको घडीमा हामी शोकसन्तप्त परिवारको साथमा छौँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा तीन खेल, सबैको नतिजा १-०
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु