जम्मू कश्मीरमा घुसपैठविरोधी अभियानमा सेनाका सुबेदारको मृत्यु
कश्मीर । जम्मू कश्मीरको सुन्दरबनीस्थित नियन्त्रण रेखामा भएको एक कारबाहीको क्रममा भारतीय सेनाका सुबेदार कुलदीप चन्दको मृत्यु भएको छ। भारतीय सेनाको ह्वाइट नाइट कोर्प्सले दिएको जानकारी अनुसार ११ अप्रिल २०२५ को रात चन्द सुन्दरबनीको केरी(बट्टल क्षेत्रमा घुसपैठ विरोधी अभियानको नेतृत्व गरिरहेका थिए। यसै क्रममा उनको मृत्यु भयो।
‘जनरल अफिसर कमान्डिङ (जीओसी) ह्वाइट नाइट कोर्प्स र सबै श्रेणीहरूले ९ पञ्जाब रेजिमेन्टका बहादुर सुबेदार कुलदीप चन्दको सर्वोच्च बलिदानलाई सलाम गर्दछन्,’ ह्वाइट नाइट कोर्प्सले ट्विटरमा पोस्ट गरेको छ । पोस्टमा थप भनिएको छ, ‘उनले ११ अप्रिल २०२५ को रात सुन्दरबनीको केरीबट्टल क्षेत्रमा नियन्त्रण रेखामा घुसपैठ विरुद्धको अभियानको साहसपूर्वक नेतृत्व गर्दा आफ्नो जीवन बलिदान दिए।’
कोर्प्सले सहिद कुलदीप चन्दको परिवारप्रति समवेदना व्यक्त गर्दै लेखेको छ, ‘उनको टोलीको बहादुरी र सुबेदार कुलदीपको सर्वोच्च बलिदानले आतंककारीहरूको घुसपैठको प्रयासलाई विफल बनायो। यो दुःखको घडीमा हामी शोकसन्तप्त परिवारको साथमा छौँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण