श्रेयस ऐयरको ‘विस्फोटक’ ब्याटिङ, शमीको बिजोग
हैदराबाद । इन्डियन प्रिमियर लिग (आईपीएल) को २७ औँ खेलमा पञ्जाब किंग्सले सनराइजर्स हैदराबादसामु जितका लागि २ सय ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ४५ रन बनाएको हो । टोलीका लागि कप्तान श्रेयस ऐयरले शानदार ब्याटिङ गरे । उनले मात्र ३६ बलमा ८२ रनको योगदान दिए । यस क्रममा उनले ६ चौका र ६ छक्का प्रहार गरे ।
ओपनर प्रभसिमरन सिंहले २३ बलमा ४२ रन बनाए । उनले ७ चौका र १ छक्का प्रहार गरे । यसअघि, शतक प्रहार गरेका प्रियांश आर्याले १३ बलमा २ चौका र ४ छक्काको मद्दतले ३६ रन बनाए । नेहल वधेराले २२ बलमा २७ रन बनाए भने खेलको अन्त्यतिर मार्कस स्टोइनिसले तीव्र गतिमा रन जोड्दै मात्र ११ बलमा ३४ रन जोडे । उनले १ चौका र ४ छक्का हिर्काए ।
हैदराबादका लागि हर्षल पटेलले ४ ओभरमा ४२ रन खर्चेर ४ विकेट लिए । इसान मलिंगाले ४ ओभरमा ४५ रन दिँदै २ विकेट हात पारे । यता मोहम्मद शामीले भने पञ्जाबका ब्याटरबाट नराम्रो पिटाइ भेटे । उनले ४ ओभरमा विना कुनै विकेट लिई ७५ रन खर्चिए ।
आईपीएलमा यो दोस्रो खराब बलिङ प्रदर्शन पनि हो । यसअघि, यसै आईपीएलमा हैदराबादविरुद्ध जोफ्रा आर्चरले ७६ रन खर्चेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण