पेस्तोल र लागु औषधसहित भारतीय नागरिक पक्राउ
रौतहट। रौतहट स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले अवैध पेस्तोल र विभिन्न किसिमका लागु औषधसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार सितामढी जिल्ला बैरगनिया थाना क्षेत्र अन्तर्गत ग्राम पञ्चायत नन्दबारा गाउँ घर भएका २३ वर्षिय किशन कुमार रहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी सन्तोष कुमार बस्नेतले बताएका छन्।
गएराति साढे ९ बजे राजदेवी नगरपालिका ८ लक्ष्मीपुर बेलबिछवा नाका स्थित जैसवाल मदिरा पसल अगाडी मदिरा सेवन गरी एक आपसमा झैझगडा भइरहेको सूचनाको आधारमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट लक्ष्मीपुरबाट गएको गस्ती टोलीले भारतीय नागरिक किशन कुमार लाई पक्राउ गरेको थियो।
उनको साथबाट अटोमेटिक पेस्तोल १ थान (गोली म्याग्जिन) नभएको, प्रतिबन्धित लागुऔषध कोरेक्स सिरप ३ थान , नाईट्रोभेट ५ ट्याब्लेट, मोबाइल १ थान, हातको बाला २ थान,बरामद भएको एसपी बस्नेतले जानकारी दिएका छन्।
बरामद पेस्तोल र अन्य सामान सहित पक्राउ परेका किशन कुमारलाई आवश्यक कारबाहीको लागि गएराति १ बजे जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरी नम्बर ११ हेक्वा रौतहटले जनाएको छ। भारतीय नागरिकले उक्त पेस्तोलको गोलीसहित म्याग्जिन राति अँध्यारोमा कतै फालेको हुनसक्ने अनुमान गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८८औँ मिनेटमा मिकेल मेरिनोको गोल, बेल्जियम विरुद्ध स्पेन पुनः २–१ ले अघि
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण