लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
काठमाडौँ । लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ परेका छन् । सिन्धुली, झापा लगायतका जिल्लाबाट ५ जना पक्राउ परेका हुन् ।
सिन्धुलीको सुनकोसी गाउँपालिका–१ आँपघारीबाट करिब ८ सय ४६ ग्राम गाँजा, नगद ५२ हजार ५ सय रुपैयाँ र मोबाइल २ थान सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सुनकोसी गाउँपालिका–२ ओख्रेनी बस्ने १९ वर्षीय उमेश बुर्जा र २६ वर्षीय मोहनबहादुर बुर्जा रहेका छन् । प्रहरी चौकी दुम्जाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
त्यस्तै झापाको गौरादह नगरपालिका– ५ सृजना टोलबाट ट्रामाडोल ४ सय ७० ट्याब्लेट र स्पास्पेन ५० ट्याब्लेटसहित कमल गाउँपालिका–७ बस्ने २८ वर्षीय विशाल लिम्बुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी महारानी झोडाबाट खटिएको प्रहरीले मे.११ प १५८ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । उता नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका–३ अरेलीघारीबाट गाँजा करिब ५ किलोग्रामसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा तनहुँ रिसिङ गाउँपालिका– २ काउँशिवपुर घर भई हाल चितवन भरतपुर महानगरपालिका–२० चनौली बस्ने ३४ वर्षीय विशाल थापामगर र १९ वर्षीय रिजन थापा मगर रहेका छन् ।
अस्थायी प्रहरी पोस्ट ढेडेनीबाट खटिएको प्रहरीले बुलिङटारबाट चितवनतर्फ आउँदै गरेको ग.२१ प. ६१८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण