सेनाको नक्कली पोसाक लगाई डर देखाएर जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
बुधबार, ०३ वैशाख २०८२, १३ : १७

काठमाडौँ । नेपाली सेनाको नक्कली पोसाक लगाई डर त्रास देखाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका ३ का ३० वर्षीय पदमकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
तामाङले नेपाली सेनाको सहसेनानी दर्ज्यानी युक्त नक्कली पोसाक प्रयोग गरी विवाह गर्ने प्रलोभन तथा डर त्रासमा समेत पारे एक युवतीलाई जबरजस्ती करणी गरेका थिए ।
तामाङलाई चैत्र ३१ गते जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले इलाम नगरपालिका– ७ बाट पक्राउ गरिएको जानकारी दिएको छ । उनलाई जिल्ला अदालत इलामबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।
तामाङ यसअघि सार्वजनिक अपराध, चोरी, अभद्र व्यवहार लगायतका कसुरमा समेत संलग्न रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
-
१० बजे, १० समाचार : भारत र पाकिस्तान युद्धविराम गर्न सहमत, दुर्गा प्रसाईंले गरे करोडौँ ऋण दुरुपयोग
-
नेताका छोराछोरी व्यवस्थापन गर्न ११ जना पदाधिकारी
-
दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु