माधव नेपाल र बाबुराम भट्टराई विरुद्धको मुद्दा हेर्दाहेर्दैमा
काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई विरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
बिहीबारको बहसमा बालकृष्ण न्यौपानेले नीतिगत निर्णयमा मुद्दा नचलाउने अख्तियारको निर्णयविरुद्ध आफूले दायर गरेको रिट र अख्तियारले पुनरावेदन गरेको मुद्दा लगाउमा राखी हेर्न माग गरेका थिए ।
त्यसपछि न्यायाधीश नित्यानन्द पाण्डेयले अख्तियारको पुनरावेदन सामान्य बेन्चमा रहेकाले लगाउमा राखी हेर्न मिल्ने हो वा नमिल्ने भनेर प्रश्न गरेका थिए ।
तर, अधिवक्ता न्यौपानेले अदालतले भविष्य समेत हेर्न पर्ने भएकाले लगाउमा राखेर हेर्न पर्ने तर्क राखेका थिए ।
त्यसपछि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अख्तियारको पुनरावेदनमा धेरै प्रतिवादी भएकाले ती सबै यता आएर मिसिएपछि हेर्न मिल्ने कि नमिल्ने भन्ने पनि हेर्नपर्ने बताएका थिए ।
उक्त अध्ययन आवश्यक रहेको प्रधानन्यायाधीश राउतको भनाइसँगै आजका लागि बहस टुंगिएर उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।
आज नेपाल र भट्टराई विरुद्धको मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलासमा पेसी तोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण