सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
बिहीबार, ०४ वैशाख २०८२, १६ : ०६
काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि सिरियामा तैनाथ १९४ जना नेपाली शान्ति सैनिकहरूको अन्तिम टोली सेनानी लोक बहादुर बोगटीको नेतृत्वमा बिहीबार मिसन इलाकातर्फ प्रस्थान गरेको छ ।
यसअघि सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी २०३ जना शान्ति सैनिकहरू प्रमुख सेनानी सुनिल कुमार मल्लको नेतृत्वमा आजै स्वदेश फिर्ता भएका थिए ।
हाल उक्त मिसनमा नेपाली सेनाबाट सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत र विभिन्न युनिटहरुका गरी कुल ४३९ जना शान्ति सैनिकहरू कार्यरत रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण