आर्सनलसँगको नमिठो हारपछि क्लब छाड्दै रियल मड्रिडका मुख्य प्रशिक्षक
मड्रिड । स्पेनिस क्लब रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले क्लब छाड्ने भएका छन् ।
कोपा डेल रेको फाइनलपछि उनले क्लब छोड्न लागेका चर्चित खेल पत्रिका स्काइ स्पोर्टसले लेखेको छ ।
उनले प्रशिक्षण गरिरहेको क्लब रियलले च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनलमा आर्सनलसँग नमिठो पराजय भोगेको थियो । लिगको पहिलो लेगमा ३–० ले पछि परेको रियलले गएराति पनि २–१ को हार बेहोर्दै बाहिरिएको थियो । उक्त हारपछि एन्सेलोटीको यस्तो प्रतिक्रिया आएको हो ।
रियल ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा पनि चार अंकले पछि परेको छ । जारी सिजनको अन्त्य हुनुअघि नै एन्सेलोटीले रियल मड्रिड छाड्ने र ब्राजिलको नयाँ मुख्य प्रशिक्षक नियुक्त हुने समाचारहरूमा जनाइएको छ ।
बुधबार राति आर्सनलसँग रियल म्याड्रिड हारेपछि उनको मुख्य प्रशिक्षकको पद के होला भन्ने सबैले शंका व्यक्त गरेका थिए। ६५ वर्षीय उनले बार्सिलोनाविरुद्ध कोपा डेल रेको फाइनलसम्म भने आफ्नो पदमा रहने विश्वास गरिएको छ । अप्रिल २६ मा कोपा डेल रेको फाइनल हुनेछ l
ला लिगामा बार्सिलोना र रियल मे ११ मा भिड्दैछन् । बार्सिलोनामा हुने उक्त खेलमा एन्सेलोटीले जिम्मेवारी सम्हाल्ने सम्भावना कम छ ।
यसैबिच इटालीका एन्सेलोटीलाई ब्राजिलले आफ्नो नयाँ मुख्य प्रशिक्षकको रूपमा नियुक्त गर्न चाहेको छ । स्पेनी घरेलु अभियान समाप्त हुनुअघि नै उनलाई ब्राजिलले नियुक्त गर्न सक्ने समाचारहरूमा उल्लेख छ । बुधबार राति आर्सनलसँगको पराजयपछि रियलसँगको आफ्नो भविष्यबारेमा एन्सेलोटीले भनेका थिए – 'सायद क्लबले मलाई प्रतिस्थापन गर्ने निर्णय गर्न सक्छ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण