मुम्बईविरुद्ध १६२ रनमै रोकियो हैदरावाद, चलेनन् ब्याटर
बिहीबार, ०४ वैशाख २०८२, २१ : ३४

एजेन्सी । जारी आईपीएलको ३३ औँ खेलमा सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सलाई मात्र १६३ रनको लक्ष्य दिएको छ।
मुम्बईले वानखेडे स्टेडियममा बलिङ गर्ने निर्णय गरेको थियो । हैदराबादले पाँच विकेट गुमाउँदै १६२ रन बनाएको हो ।
आज हैदरावादका ब्याटरहरू चल्न सकेनन् । हेनरिक क्लासेनले ३७ र अभिषेक शर्माले ४० रन बनाए । ट्राभिस हेडले पनि मात्र २८ रन बनाए । त्यस्तै नितिश कुमार रेड्डीले १९ रन बनाए । तेस्रो बलमा आउट भएका इसन किसनले मात्र २ रन बनाए भने प्याट कमिन्स ८ र अनिकेत वर्मा १८ रनमा नटआउट रहे ।
मुम्बईका विल ज्याक्सले २ विकेट लिए । जसप्रित बुमराह र ट्रेन्ट बोल्टले समान एक/एक विकेट लिए ।
१९ औँ ओभरमा हैदराबादले पाँचौं विकेट गुमाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा
-
प्रदेशको बेरुजू एक वर्षमै थपियो ७६ करोड ५४ लाख