मुम्बईविरुद्ध १६२ रनमै रोकियो हैदरावाद, चलेनन् ब्याटर
बिहीबार, ०४ वैशाख २०८२, २१ : ३४
एजेन्सी । जारी आईपीएलको ३३ औँ खेलमा सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सलाई मात्र १६३ रनको लक्ष्य दिएको छ।
मुम्बईले वानखेडे स्टेडियममा बलिङ गर्ने निर्णय गरेको थियो । हैदराबादले पाँच विकेट गुमाउँदै १६२ रन बनाएको हो ।
आज हैदरावादका ब्याटरहरू चल्न सकेनन् । हेनरिक क्लासेनले ३७ र अभिषेक शर्माले ४० रन बनाए । ट्राभिस हेडले पनि मात्र २८ रन बनाए । त्यस्तै नितिश कुमार रेड्डीले १९ रन बनाए । तेस्रो बलमा आउट भएका इसन किसनले मात्र २ रन बनाए भने प्याट कमिन्स ८ र अनिकेत वर्मा १८ रनमा नटआउट रहे ।
मुम्बईका विल ज्याक्सले २ विकेट लिए । जसप्रित बुमराह र ट्रेन्ट बोल्टले समान एक/एक विकेट लिए ।
१९ औँ ओभरमा हैदराबादले पाँचौं विकेट गुमाएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026