शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपराध

घातक रसायन क्याडमियम सहित दुई भारतीय पक्राउ

शुक्रबार, ०५ वैशाख २०८२, २१ : २८
शुक्रबार, ०५ वैशाख २०८२

काठमाडौँ । काठमाडौँको बौद्धबाट प्रहरीले घातक रसायन क्याडमियम सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको महाराष्ट्र घर भएर बौद्ध बस्ने ३२ वर्षीय सागर झिकु झुरे र २१ वर्षीय धिरज सालुङ्के छन् । 

काठमाडौँ–६ बौद्ध फूलबारीमा सञ्चालित रिफाइनरीबाट धातुका गहनामा मिसावट गर्ने गरेको र अवैध बेचबिखन गरेको अवस्थामा प्रहरीले २ केजी ८३२ ग्राम क्याडमियम बरामद गरेको छ ।

उनीहरू विरुद्ध घातक रासायनिक पदार्थ नियमन ऐन अनुसार जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद लिएर प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप