सिराहामा नालामा डुबेर एक बालिकाको मृत्यु
शनिबार, ०६ वैशाख २०८२, २२ : ११

सिराहा । सिराहाको मिर्चैयामा नालामा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । नालामा जमेको पानीमा डुबेर सिराहाको मिर्चैया नगरपालिका वडा नं. ५ का किसुन साफीकी ५ वर्षिया छोरी आसिका साफीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
शनिबार घर छेउकै नालामा मृत अवस्था बालिकाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिराहामा राखिएको जिल्ला प्रहरीले कार्यालय सिराहाका सूचना अधिकारी तथा डीएसपी वीरेन्द्र पामानले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैचारिक रूपमा स्पष्ट वैकल्पिक पार्टी अहिलेको आवश्यकता : मानुषी यमी भट्टराई
-
१० बजे १० समाचार : सकसमा गृहमन्त्री, मधेसमा कांग्रेसको आँखा
-
हजुरबुबा ज्ञानेन्द्रसँगै किन नारायणहिटी पुगे हृदयेन्द्र शाह ?
-
तीनै तहको अदालतबाट मुद्दा जिते पनि घरमा बस्न नपाएपछि गुहारे गृहमन्त्री
-
श्रेयस र स्टोइनिसको विस्फोटक ब्याटिङ, दिल्लीसामु २ सय ७ रनको लक्ष्य
-
एमालेका सबै जिल्ला कमिटीको अधिवेशन सम्पन्न