हमासलाई ध्वस्त पारेर बन्धक रिहाइ नगरेसम्म युद्ध जारी रहन्छ : नेतन्याहू
गाजापट्टी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा लडाईं जारी राख्नुको विकल्प नभएको बताएका छन् । हमासलाई पूरै ध्वस्त पारेर बन्धक बनाइएकाहरूलाई रिहा नगरिएसम्म अनि गाजाबाट इजरायललाई खतरा नरहेको सुनिश्चित नभएसम्म युद्ध जारी रहने शनिबार उनले बताएका हुन् ।
इरानले कहिल्यै पनि आणविक हतियार नपाओस् भन्ने कुरा आफूले सुनिश्चित गर्ने पनि उनले दोहोर्याए । नेतान्याहूमाथि आफ्नै देशमा अनेकौँ स्तरमा दबाब बढिरहेको छ । गत महिना युद्धविराम भङ्ग भएपछि बन्धकका परिवार, उनीहरूका समर्थक र पूर्व इजरायली सैनिकहरूले युद्धको निरन्तरतामाथि प्रश्न उठाइरहेका छन् ।
इजरायलले युद्धविराम जारी राखे बापत हमासलाई आधा बन्धकहरूको रिहाइको प्रस्ताव गरेको थियो । तर हमासले पछिल्लो प्रस्ताव अस्वीकार गरेको छ ।
४८ घण्टामा ९० जनाको मृत्यु
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला ४८ घण्टामा इजरायलले गरेको आक्रमणमा परेर ९० भन्दा बढीको मृत्यु भएको छ । अस्पतालका कर्मचारीका अनुसार रातभर इजरायली आक्रमणमा बालबालिका र महिलासहित १५ जनाको मृत्यु भएको छ ।
अस्पतालका कर्मचारीहरूका अनुसार दक्षिणी सहर खान युनिसमा कम्तीमा ११ जनाको मृत्यु भएको छ, जसमा धेरै जना मुवासी क्षेत्रको पालमा रहेका मानिस थिए ।
यसबाहेक रफाह शहरमा इजरायली आक्रमणमा अन्य चार जनाको मृत्यु भएको बताइएको छ । मारिनेमा आमा र छोरी पनि छन् । अल–अवदा अस्पतालका अनुसार शनिबारपछि इजरायलले मध्य गाजाको नुसेरातको पश्चिममा रहेको नागरिकहरूको समूहमाथि हवाई आक्रमण गरेको थियो । यस आक्रमणमा एक जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण