अस्ट्रेलियाको तटमा ठूला छालमा डुबेर ६ जनाको मृत्यु
सिड्नी । आइतबार सिड्नी नजिकै चट्टानबाट खसेपछि एक मछुवाको मृत्यु भएको छ । योसँगै इस्टर सप्ताहन्तमा अस्ट्रेलियाको पूर्वी तटमा विशाल छालहरूले प्रहार गर्दा डुबेर मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । आपत्कालीन सेवाहरूले वाट्टामोला समुद्री तटमा दुई जनालाई छालबाट उद्धार गरेका थिए । तर उनीहरूमध्ये एकलाई बचाउन नसकिएको न्यु साउथ वेल्स प्रहरीले एक विज्ञप्तिमा बताएको छ ।
दक्षिणी सिड्नीको बाहिरी भागमा चट्टानबाट खसेको बेला यो जोडी माछा मार्दै थियो । दोस्रो व्यक्ति १४ वर्षीय किशोर अस्पतालमा स्थिर अवस्थामा रहेका छन् । यसले छुट्टीको सप्ताहन्तमा मृत्युको शृङ्खला जारी राखेको छ । शुक्रबारदेखि समुद्रमा बेपत्ता भएका अन्य दुई व्यक्तिको एक सिड्नीबाट र एक मेलबर्नबाट खोजी जारी रहेका बताइएको छ ।
सर्फ लाइफ सेभिङ अस्ट्रेलिया (एसएलएसए) ले बलियो छालहरूले न्यु साउथ वेल्स र भिक्टोरियाको तटहरूमा खतरनाक समुद्री अवस्थाहरू सिर्जना गर्नेछन् भन्दै बिहीबार एक चेतावनी जारी गरेको थियो । न्यु साउथ वेल्समा शुक्रबार तीन जनाको डुबेर मृत्यु भएको थियो भने मेलबर्न नजिकै समुद्रमा खसेपछि एक महिलाको मृत्यु भएको थियो । त्यहाँ एक जना पुरुष बेपत्ता भएका थिए ।
शनिबार केही ठाउँमा छालहरू तीन दशमलव पाँच मिटर (११ दशमलव पाँच फिट) जति अग्ला हुँदा दक्षिणी न्यु साउथ वेल्समा एक मछुवाको चट्टानबाट बगेर मृत्यु भएको थियो । एसएलएसएले सप्ताहन्तअघि जारी गरेको तथ्याङ्कमा पछिल्लो १० वर्षमा समुद्री किनारहरूमा छ सय ३० जनाको मृत्यु भएको देखाएको थियो ।
प्रमुख कार्यकारी अधिकृत एडम वेयरले गस्ती गरिएका समुद्री तटहरूलाई सुरक्षाका लागि प्राथमिकता दिनुपर्ने सल्लाह दिएका छन् ।
‘हामीलाई थाहा छ कि अस्ट्रेलियाली र हाम्रो देशका आगन्तुकहरू क्याम्पिङ, माछा मार्ने र अन्य तटीय गतिविधिहरूको आनन्द लिन सामान्य बाटोबाट बाहिर जान मन पराउँछन्’, वेयरले एक विज्ञप्तिमा भने, ‘तर यी तटीय स्थानहरूले खतराहरू प्रस्तुत गर्न सक्छन्, केही तपाईंले देख्न सक्नुहुन्छ र केही तपाईंले देख्न सक्नुहुन्न, त्यसैले हामीसँग केही सरल सल्लाह छन् ः रोक्नुहोस्, हेर्नुहोस्, जीवित रहनुहोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामी युरो कप विजेता हौँ, फ्रान्ससँग डर छैन: लामिन यामाल
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण