अवैध १० लाख नेपाली रुपैयाँ सहित भारतीय नागरिक पक्राउ
आइतबार, ०७ वैशाख २०८२, १९ : ३१

रौतहट । रौतहटमा अवैध १० लाख नेपाली रुपैयाँ सहित एक जना भारतीय नागरिक आइतबार पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला ग्राम पोष्ट थाना कुन्डवा चैनपुरका २३ वर्षीय राज किशोर ठाकुर रहेका छन् ।
ईलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी निरीक्षक प्रवेश कार्कीको कमाण्डमा गएको टोलीले वडा ६ पथराबुधरामबाट स्रोत नखुलेको अवैध १० लाख नेपाली रूपैयाँसहित उनलाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ एसी ९४७७ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा सिट मुनी राखिएको झोलाबाट उक्त रुपैयाँ बरामद गरिएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताए।
उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर