अवैध १० लाख नेपाली रुपैयाँ सहित भारतीय नागरिक पक्राउ
आइतबार, ०७ वैशाख २०८२, १९ : ३१
रौतहट । रौतहटमा अवैध १० लाख नेपाली रुपैयाँ सहित एक जना भारतीय नागरिक आइतबार पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला ग्राम पोष्ट थाना कुन्डवा चैनपुरका २३ वर्षीय राज किशोर ठाकुर रहेका छन् ।
ईलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी निरीक्षक प्रवेश कार्कीको कमाण्डमा गएको टोलीले वडा ६ पथराबुधरामबाट स्रोत नखुलेको अवैध १० लाख नेपाली रूपैयाँसहित उनलाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ एसी ९४७७ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा सिट मुनी राखिएको झोलाबाट उक्त रुपैयाँ बरामद गरिएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताए।
उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा, फ्रान्ससँगको भेट पक्का
-
८८औँ मिनेटमा मिकेल मेरिनोको गोल, बेल्जियम विरुद्ध स्पेन पुनः २–१ ले अघि
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण