बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

पीसीबीबाट अझै पुरा पारिश्रमिक नपाएको प्रशिक्षक जासन गिलेस्पीको आरोप

सोमबार, ०८ वैशाख २०८२, १४ : ४३
सोमबार, ०८ वैशाख २०८२

काठमाडौँ । अस्ट्रेलियाका पूर्वखेलाडी एवं पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक जासन गिलेस्पीले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) बाट आफूले अझै पुरा पारिश्रमिक नपाएको गुनासो गरेका छन् । 

पीसीबीले सन् २०२४ को अप्रिलमा ५० वर्षीय गिलेस्पीलाई टेस्ट टोलीको प्रमुख प्रशिक्षक नियुक्त गरेको थियो । पाकिस्तानी टोलीको निरन्तर खराब प्रदर्शनपछि पीसीबीले गिलेस्पीका एक सहयोगीलाई अप्रत्यासित रुपमा पदबाट हटाइएको थियो । 

त्यसपछि सन् २०२४ को अक्टोबरमा गिलेस्पीले पनि पदबाट राजीनामा दिएका थिए । गिलेस्पीले अहिले एक अन्तरवार्ताका क्रममा आफूले पीसीबीबाट अझै पुरा पारिश्रमिक नपाएको गुनासो गरेका हुन् । 

‘पीसीबीले अझै पनि मलाई पुरा पारिश्रमिक दिएको छैन । यस विषयमा कुराकानी पनि भएको थियो । मलाई आशा छ, पीसीबीले छिट्टै मेरो बाँकी पारिश्रमिक उपलब्ध गराउने छ,’ उनले अन्तरवार्ताका क्रममा भनेका छन् । 

उनले आफू अझै केही समय पर्खने पक्षमा रहेको पनि बताएका छन् । ‘यो निराशाजनक हो । तर, अझै केही समय प्रतिक्षा गर्छु । त्यसपछि आगामी प्रक्रियाको बारेमा सोच्नेछु,’ उनले भनेका छन् ।

उनले पाकिस्तानी टोलीको प्रशिक्षक बन्नु आफ्ना लागि सुखद नभएको प्रतिक्रिया पनि दिएका छन् ।  ‘पाकिस्तानी टोलीको प्रशिक्षकका रुपमा मेरो अनुभव सुखद रहेन । आगामी दिनमा प्रशिक्षकको भूमिकामा काम गर्न पनि उत्साह मरेर आएको छ । तत्काल म प्रशिक्षणको कामबाट टाढै रहनेछु,’ उनले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप